झापाका सबै वन समुदायलाई दिइने

  प्रकाशित मिति
२० कार्तिक २०७३, शनिबार १६:०५


forest

विर्तामोड । यो चालु आर्थिक वर्षभित्र झापाका सबै वनहरु समुदायमा हस्तान्तरण गरिने भएको छ ।

सरकारी नीति अनुरुप प्रव्रिmया पुगेका वनहरु व्रmमशः समुदायलाई जिम्मा लगाउन थालिएको हो । समुदायबाट मात्र वन संरक्षण तथा प्रवर्धन सम्भव हुने देखेपछि सरकारले उपभोक्तालाई रेखदेख गर्ने अख्तियारी दिन सुरु गरेको हो । जिल्लामा ५९ वटा वन रहेका छन् । त्यसमा ५४ वटा वन समुदायमा हस्तान्तरण भइसकेका छन् । पाँचवटा वन हस्तान्तरणको प्रव्रिmयामा छन् ।

जलथल वन क्षेत्रका रातमाटे, चौकी विरान, शान्ति, पूर्वदेउराली, देउराली चारकोसे वन समुदायमा हस्तान्तरण गर्न बाँकी रहेको सामुदायिक वन उपभोक्ता महासङ्घ झापाले जनाएको छ । ती वनहरुको स्रोत सर्वेक्षण गर्ने कार्य सम्पन्न भई हस्तान्तरणको अन्तिम प्रव्रिmयामा रहेको महासङ्घ झापाका पूर्वअध्यक्ष छत्र पौडेलले जानकारी दिए । समुदायलाई वन व्यवस्थापनको जिम्मेवारी दिने सरकारी निर्णय अनुरुप जिल्ला वन कार्यालय झापा वन हस्तान्तरण गर्न सहमत भएको हो ।

हालै चकला वन क्षेत्रमा पर्ने चारआली निजाझोडामा रहेका ५ वटा समुह (१ हजार ७ सय १४ हेक्टर) वन क्षेत्र समुदायमा हस्तान्तरण भएको उनले बताए । त्यस्तै, जलथल वन क्षेत्र अन्तरगत रहेका २२ वटा समुहमध्ये १७ वटा समुह (४ हजार ९ सय ३३ हेक्टर) वन क्षेत्र हस्तान्तरण भइसकेका छन् । दमक–३ मा रहेको रतुवा खोला किनारको (२ दशमलव ९९ हेक्टर) वृक्षारोपण क्षेत्रमा हिमालयन सामुदायिक वन गठन गरी समुदायमा जिम्मा लगाइएको पौडेलले बताए । जिल्लाका सबै वन चालु आर्थिक वर्षभित्र समुदायमा हस्तान्तरण भइसक्ने उनको भनाई छ ।

वन हस्तान्तरणपछि जिल्लालाई सामुदायिक वनको रुपमा घोषणा गर्ने तयारी थालिएको छ । महासङ्घले प्रव्रिmया पुगेपछि झापालाई सामुदायिक वनको जिल्लाको रुपमा चिनाउन लागेको हो । समुदायलाई वन हस्तान्तरण गर्नका लागि वनको सोत मापन, वार्षिक वृद्धिदर, काठ उत्पादनलगायतको तथ्याङ्क लिइन्छ । ती सबै प्रव्रिmया पूरा गरेपछि मात्र जिल्ला वन कार्यालयले हस्तान्तरणको स्वीकृति दिने प्रावधान रहेको छ ।

यस्तै, महासङ्घले खुल्ला चरिचरणमुक्त जिल्लासमेत घोषणा गर्ने कार्ययोजना अघि सारेको छ । एक वर्षभित्रमा जिल्लाका वनहरुमा चरिचरण गर्न बन्द गरिने भएको हो । ‘यी दुवै योजना अघि बढेका छन्, ‘पौडेलले भने– ‘झापाका सामुदायिक वनलाई नमूना वन बनाउने हाम्रो लक्ष्य छ ।’

समुदायमा वन हस्तान्तरण भएपछि वन संरक्षणमा सहयोग पुगेको राज्यको बुझाई छ । त्यही भएर सरकारी वन समुदायमा हस्तान्तरण गर्ने योजना अघि सारिएको हो । यद्यपि समुदायले सञ्चालन गरेको सामुदायिक वनमा आन्तरिक समस्या भने रहेको छ । पौडेलले समाधानका लागि आफूहरु लागि रहेको उल्लेख गरे । ‘सामुदायिक वनलाई पूर्ण समावेशी बनाउन सकेका छैनौँ,’ उनले भने– ‘६ महिनाभित्र समावेशी बनाउछौँ ।’

महासङ्घले अख्तियार गरेको यो नियम लागू नगर्ने सामुदायिक वनको सेवा÷सुविधा बन्द गर्ने निर्णय समेत भएको छ । सामुदायिक वनमा ५० प्रतिसत महिला सहभागिता अनिवार्य गरिएको महासङ्घले जनाएको छ । जिल्ला वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जिल्लाका वनहरु समुदायमा हस्तान्तरण प्र्रव्रिmयामा रहेको जानकारी दिए । उनले वन संरक्षण गर्न समुदायले सक्ने भएकाले हस्तान्तरण गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: