झापाका १० सहकारी खारेज

  प्रकाशित मिति
३१ असार २०७४, शनिबार १५:११


sahakari-logo

झापा डिभिजन सहकारी कार्यालय झापाले १० वटा भद्रपुर । डिभिजन सहकारी कार्यालय झापाले १० वटा विभिन्न उद्देश्यले खोलिएका सहकारीलाई नियम विपरीत कार्य गरेको भन्दै दर्ता खारेज गरेको जनाएको छ ।

दर्ता खारेज भएका सहकारीहरु अधिकांश बहुउद्देश्यीय बचत तथा ऋण, कृषि, बहुमुखी, जडीबुटी संघसंस्था रहेको कार्यालयले जनाएको छ ।
सहकारी ऐन २०४८ अनुसार जिल्लामा सञ्चालित सहकारी संस्थाले साधारणसभाको बार्षिक प्रतिवेदन, लेखा परीक्षण, बार्षिक प्रगति प्रतिवेदन र बार्षिक कार्यव्रmम तथा बजेट, साधारणसभाको सदस्यहरुको उपस्थितिसहितको निर्णय माइन्यूट, बचत तथा कर्जा लगानी नीति, सञ्चालकको नाम तथा प्रत्येक महिना पेश गर्नुपर्ने विवरण डिभिजन सहकारी कार्यालयमा पेश नगरका कारण सार्वजनिक सूचना सम्प्रेण गरी दर्ता खारेजी गरेको कार्यालयले जनाएको छ ।

खारेजीमा परेका सहकारी जीवन गङ्गा महिला वचत तथा ऋण सहकारी संस्था कुम्मरखोद–९, सफल कृषि सहकारी संस्था तोपगाछी–५, सुन्दर जीवन महिला कृषि सहकारी संस्था कुमरखोद–५, त्रिपला जडीवुटी बहुउद्देश्यीय सहकारी संस्था दुवागढी, जलथल सामुदायिक वचत तथा ऋण सहकारी संस्था जलथल–६, अञ्जुली वचत तथा ऋण सहकारी संस्था मेचीनगर.–५, जयमाँ लखी वचत तथा ऋण सहकारी संस्था शरणामती–१, जमुना सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्था पथरिया–१, पदमचाला महिला समद्धि संस्था पाँचगाछी–१ र उत्तम समृद्धि बहुउद्देश्यीय सहकारी संस्था पाठामारी–२ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: