झापाका १४ पालिका बाढीको उच्च जोखिममा

  प्रकाशित मिति
१५ असार २०७७, सोमबार १०:४६


भद्रपुर, १५ असार । झापाका १५ स्थानीय तहमध्ये १४ पालिका जिल्लाका मुख्य नदीनालाहरुमा पानीको वहाब बढेसँगै प्रभावित हुने नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

झापा भएर बग्ने साना ठूला २८ वटा नदीनालामध्ये मुख्य नौ वटा नदीहरुले दमक नगरपालिका बाहेकका पालिकाहरुमा प्रभावित पार्ने रेडक्रसको तथ्याङ्कले देखाएको छ । बाढीबाट सो पालिकाका बासिन्दा समस्यामा परेमा विभिन्न क्षेत्रका स्कूल, सामुदायिक भवन, रेडक्रस, मन्दिरलगायतका भवनहरुलाई आश्रय स्थलको रुपमा समेत तोकिएको रेडक्रसको तथ्याङकमा उल्लेखित छ ।

लगातार बर्षा भइरहेकोले पानीको बहाव बढेमा विरिङ्ग, कनकाई माई, रतुवा, मेची, निन्दा, देवनिया, फुलवासा, हडिया, टाङटिङ्ग, नेते, कमल र बनियानी नदीले बढी क्षति गर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाका प्रोग्राम कोडिनेटर हरिशरण खड्काले बताउनुभयो ।

 

पैतीस सय बढी परिवार बाढीबाट प्रभावित हुने

झापाका नदी नालाहरुमा पानीको वहाव बढेमा बाढीबाट तीन हजार ८०३ परिवारका १८ हजार ८१० जना प्रभावित हुने नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।

रेडक्रसले तयार पारेको तथ्याङकमा बाढीबाट प्रभावित हुन सक्ने आठ पालिकामध्ये सबैभन्दा बढी झापा गाउँपालिकाका ८५० परिवारका चार हजार २०० जना प्रभावित हुने देखिएको छ । यस पालिकाका वडा नम्बर १, २, ३, ४ र ७ का बासिन्दा बढी प्रभावित हुनेछन् ।

रेडक्रसले बाढीको उच्च जोखिममा रहेका गौरीगञ्ज गाउँपालिकाका वडा नम्बर १, २ बाट ४५२ परिवार, कचनकवल गाउँपालिकाका सबै वडाहरुबाट ७५०, भद्रपुर नगरपालिकाको १, २, ८ नम्बर वडाका ३००, शिवसतासी नपाको वडा नम्बर ४,५,६,७, १० का ३५०, मेचीनगर नपाको वडा नम्बर ७ र १५ का २००, कनकाई नपाको चार वटा वडाहरुबाट २५० र बाह्रदशी गाउँपालिकाका वडा नम्बर १,२,३,४,६ र ७ का ६५० परिवार गरी जम्मा तीन हजार ८१० परिवार छन् ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकालले जिल्ला विपद व्यवस्थापन समितिलाई सो बारे जानकारी गराइसकिएको बताए । उनले सामाजिक सञ्जालमार्फत जिल्लामा बाढीले नदी कटान सुरु भइसकेको जनाउँदै स्थानीय तहहरुलाई कम्तीमा सय जना परिवारलाई पुग्ने खाद्यय वस्तुको भण्डारण गर्न आग्रह गरेका छन् ।

उनले विपद व्यवस्थापन ऐन २०७४ अनुसार प्रत्येक पालिकाले अनिवार्य फोकल पर्सन तोक्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी भन्दा बढी अधिकार विपद व्यवस्थापन सम्कबन्धमा ऐनले स्थानीय तहलाई दिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: