झापाका २० जनामा कोरोना संक्रमण

  प्रकाशित मिति
६ आश्विन २०७७, मंगलवार १८:०१


मेचीनगर, ६ असोज । झापामा आज २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मङ्गलबार झापामा थपिनेमा २० जनामध्ये १ जना भारतबाट आएका र १९ जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार दमक नगरपालिका–४, ५, ७ र ८ नम्बर वडाका ८ देखि ७२ वर्षका ६ महिलासहित १५ जना पुरुष, मेचीनगर नगरपालिकाका–३ का २ जना स्थानीय महिला र इलाम वडा नम्बर ३ का १ जना पुरुष भारतबाट आएर काँकरभिट्टाको होटल क्वारेन्टिनमा बसेका हुन् ।

त्यस्तै भद्रपुर नगरपालिका–१ का २७ वर्षीय पुरुष, कमल नगरपालिका वडा नम्बर ७ का २२ वर्षीया महिला स्थानीय रहेको कार्यालयले जनाएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ८१३ पुगेको छ । निको हुनेको संख्या ७२२ छ । सकृय संक्रमित ९९ जना छन् भने अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: