झापाका २ जनामा कोरोना भेटिएन, ३ जनाको रिपोर्ट आउन बाँकी

  प्रकाशित मिति
१८ चैत्र २०७६, मंगलवार १७:४७


मेचीनगर । मेची अञ्चल अस्पतालको आइसोलेसनमा रहेका पाँच जनामध्ये २ व्यक्तिमा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण नभएको रिपोर्ट आएको छ । अरु ३ जनाको रिपोर्ट आउन बाँकी छ ।

कोरोना नभएको रिपोर्ट आएका दुबैलाई होम क्वारेन्टाइनमा पठाइएको मेची अञ्चल अस्पतालका कोरोना फोकल पर्सन कुलबहादुर पौडेलले जनाए । आइसोलेसनमा बसेका पाँचै जना कतार लगायतका विदेशी मुलुकबाट आएका नेपाली हुन् ।

पौडेलका अनुसार सुरुमा काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा २ जनाको र्याल परीक्षणका लागि पठाइएको थियो । त्यहाँबाट रिपोर्ट आइसकेको हो ।

तर अरु २ जनाको सोमवार र एक जनाको मङ्गलवार र्याल परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

कोरोना परीक्षण हुन ४८ घण्टा लाग्ने भएको हुँदा २ जनाको बुधवार र एक जनाको विहीवार मात्र रिपोर्ट आइपुग्ने पौडेलले बताए ।

मेची अञ्चल अस्पतालमा हाल ८ वटा मात्र आइसोलेसन कक्ष रहेका छन् । प्रदेश सरकारको सहयोगमा आइसोलेसनको सङ्ख्या तत्काल २५ पुर्याउनका लागि धमाधम निर्माण कार्य भइरहेको छ ।

अस्पतालमा इमजेन्सी र फिभर क्लिनिकमार्फत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका विरामीहरुको जाँच र उपचार भइरहेको छ ।

दिनहुँ २८ जनाभन्दा ज्वरो आएका र रुघा लागेका विरामी हस्प्टिलको इमर्जेन्सीमा आउने गरेको फोकल पर्सन पौडेलले जानकारी दिए ।

अस्पतालको आइसोलेसन, इमर्जेन्सी र फिभर क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)को अभाव रहेको छ । सुरुमा ५० वटा पीपीई प्राप्त भएकोमा आधाजसो प्रयोगमा आइसकेको हुँदा फारु गरेर काम चलाइरहेको पौडेलले बताए ।

झापाको १५ स्थानीय तहमा कोरोना भाइरस रोकथामका लागि ३९५ बेड क्षमताका २० वटा क्वारेन्टाइन चालु अवस्थामा छन् भने नेपाली सेनाले बनाइरहेको १०० बेडको एउटा क्वारेन्टाइन अन्तिम चरणमा पुगिसकेको छ ।

झापाका क्वारेन्टाइनमा ५६ जना बसेका छन् भने २ जना कोरोना जाँचको रिपोर्ट नेगेटिभ आइसकेपछि होम क्वारेन्टाइनमा गइसकेका छन् । झापाभरिमा विदेशबाट आएका ५१२ जना होम क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: