झापाको पहिचान सुपारी खेती

  प्रकाशित मिति
२ फाल्गुन २०७२, आईतवार ०६:४६


supari 3 supari 4

बुधवारे । कुनै बेला धान र चिया खेतीका लागि प्रसिद्ध झापा जिल्ला केही वर्ष यता सुपारी खेतीबाट चिनिन थालेको छ ।

जन्मदादेखि मर्दासम्म चाहिने सुपारीको परापूर्वकालदेखि धार्मिक महत्व रहँदै आएको छ । पूजा पाठ र पाहुनाको सत्कारमा पानको पात र सुपारीको प्रयोग हुन्थ्यो ।
तर, अहिले धार्मिक तथा सत्कार प्रयोजनका लागि मात्र नभएर विदेश निर्यात हुने मुख्य बस्तुको सूचीमा सुपारी समेटिएको छ । भारत लगायतका मुलुकमा सुपारीको दाना निकासी हुन थालेपछि किसानहरू यसको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् ।

वि.सं.१९८८ सालमा भारतको आसामस्थित वियालीबाट गङ्गाधर घिमिरेले झापाको शान्तिनगरमा सुपारीका केही विरुवा ल्याएर रोपेका थिए । नेपालमा सुपारीको खेतीको सुरुवात त्यसैलाई मानिएको नेपाल सुपारी खेती विकास संस्थाका महासचिव निलकण्ठ तिवारी बताउनु हुन्छ ।

‘पान खाने बानी भएका गङ्गाधरले नेपाल आउँदा सुपारीका विरुवा ल्याएर रोप्नु भएको इतिहास भेटिन्छ’, संस्थाका महासचिव तिवारी भन्छन्–‘सलक्क परेका राम्रो बोटमा लटरम्म दाना फल्न थालेपछि अरुहरूले पनि सुपारी रोप्न थाले ।’

हाल झापा, मोरङ, सुनसरी र इलाम जिल्लालाई सुपारी खेती हुने मुख्य जिल्लाका रुपमा चिनिएको छ । त्यसमध्ये झापा सबैभन्दा धेरै सुपारी उत्पादन हुने जिल्ला हो ।

झापामा २ हजार ६८५ हेक्टर जमिनमा सुपारीको खेती हुँदै आएको छ । जसबाट बार्षिक ९ हजार ७७२ मेट्रिक टन सुपारी उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।

समुन्द्र सतहदेखि एक हजार २ सय मिटरको उचाईसम्म १४ देखि ३६ डिग्री सेल्सियस तापव्रmम भएको पानी नजम्ने र धेरै सुख्खा नहुने भू–वनोट सुपारी खेतीका लागि उपयुक्त मानिने झापा जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक शालिकराम भट्टराई बताउँछन् ।

सुपारीका लागि झापाको महेन्द्र राजमार्ग उत्तरको भूभाग ज्यादै उपयुक्त भएको विज्ञहरूको भनाई छ । झापामा मोहितनगर, हिरहिल्ली, सुमङ्गला, मङ्गला, श्रीमङ्गला, काइकुची लगायतको जातका सुपारी खेती हुँदै आएको छ ।

supari 1

सुपारीका बोट आँगन र सडकको किनारमा हुर्काउँदा सलक्क परेर अग्लिने यसको विशेषतका कारण सुपारी खेतीले पर्यटकीय सौन्दर्य समेत बढाउने गरेको छ । झापामा फस्टाउँदो सुपारी खेतीलाई पर्यटनसँग जोडेर प्रबर्धन गर्न सकिने प्रचुर सम्भावना देखिएको छ ।

बोटमा फलेका काँचो सुपारीभन्दा प्रशोधन गरिएको फाला सुपारीले बढी भाउ पाउने हुँदा सुपारी किसानहरू केही वर्ष यता सङ्गठित भएर सुपारीको प्रशोधनमा लागेका छन् ।

किसानहरूले सहकारी संस्थाको स्थापना गरी सामूहिक रुपमा गाउँघरमै प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका छन् । झापामा हालसम्ममा ३४ वटा सुपारी सहकारी संस्था स्थापना भइसकेको नेपाल केन्द्रीय सुपारी सहकारी सङ्घका अध्यक्ष लयप्रसाद भण्डारीले जानकारी दिए ।

सुपारी किसानहरूले झापाको बुधवारे, शान्तिनगर, बाहुनडाँगी लगायतका गाविसमा सहकारी सञ्चालनमा ल्याएको झापा जिल्ला सुपारी सहकारी सङ्घका अध्यक्ष रुद्र खतिवडा बताउनु हुन्छ । सुपारी सहकारीको जिल्ला र केन्द्रीय संस्था समेत स्थापना भइसकेको छ ।

सुपारी सहकारीहरूले काँचो सुपारी प्रशोधन गर्नका लागि घरेलु कारखाना सञ्चालनमा ल्याएका छन् । काँचो सुपारीलाई बोव्रmैसँग भट्टीमा उसिन्ने र हातले बोव्रmा छोडाएर भित्री दानालाई घाममा सुकाउने परम्परागत प्रविधि नै किसानहरूले प्रचलनमा ल्याएका छन् ।

मेशिनबाटै बोव्रmा छोडाउने र फाला बनाउने आधुनिक प्रविधि समेत झापामा भित्रिन थालेको छ । दुहागढीमा स्थापित विन्ध्यवासिनी सुपारी प्रशोधन उद्योगले भारतबाट आधुनिक प्रशोधन मेशिन ल्याएको छ भने बुधवारे–५ का नारायण रिजालले निजी लगानीमा त्यस्तो मेशिन भित्राएका छन् ।

काँचो सुपारी प्रति केजी २८ रुपैयाँसम्मा किसानले प्रशोधन कारखानालाई बेच्ने गरेका छन् । प्रशोधन भएको फाला सुपारी प्रति केजी ५ सय रुपैयाँसम्ममा विव्रmी हुने गरेको नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडा बताउँछन् ।

सहकारीले प्रशोधन कारखाना सञ्चालनमा ल्याएपछि सयौँ स्थानीय व्यक्तिले सुपारीको बोव्रmा छोडाउने र सुकाउने रोजगारी पाएका छन् । झापामा अधिकांश सुपारी सहकारीले आफ्नै सदस्यले उत्पादन गरेको सुपारी खरिद गरेर प्रशोधन गर्दै आएका छन् ।

‘प्रशोधन केन्द्र नहुँदासम्म काँचो सुपारी ८ देखि १२ रुपैयाँको सस्तो दाममा भारतीय व्यापारीलाई बेच्नु परेको थियो’, बुधवारेस्थित श्रीकृष्ण सुपारी सहकारी संस्थाका सचिव खिबनाथ गौतम भन्छन्–‘अहिले सहकारीले किसानलाई २८ रुपैयाँ प्रति केजीसम्ममा त्यही सुपारीको भाउ दिने गरेका छन् ।’

झापाका श्रीकृष्ण, सामना, श्रीराज, पुण्यभूमि, सुन्दर सयपत्री, आदर्श एकता, नव चौतारी, न्यू नमूना, सेतीपानीलगायतका ३४ वटा सुपारी सहकारीले आफ्नै प्रशोधन केन्द्र सञ्चालन गर्दै आएका छन् ।

झापाबाट प्रशोधित सुपारी भारत निर्यात हुँदै आएको छ । भारत सरकारले नेपालमा उत्पादित सुपारीलाई वार्षिक ९ हजार मेट्रिक टनको मात्रामा भारत निकासी गर्न अनुमति दिएको छ ।

सुपारी खेतीले विदेशी मुद्रा आर्जन हुने, व्यापार घाटा कम गर्न सहयोग पुर्याउने र अन्य वालीको तुलनामा बढी आम्दानी दिने भएकाले सरकारले यसको खेती विकासका लागि किसानलाई सिञ्चाई र प्रशोधन लगायतका विषयमा सहुलियत कर्जा दिन आवश्यक रहेको सुपारी खेतीमा लागेका किसानहरू बताउँछन् । (रासस)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: