झापाको पाँचवटै निर्वाचन क्षेत्रमा काँग्रेसको विरोध प्रदर्शन

  प्रकाशित मिति
१३ पुष २०७७, सोमबार १५:३५


मेचीनगर, १३ पुस । संसद विघटनको विरोधमा नेपाली काँग्रेस झापाले जिल्लाको पाँच वटै निर्वाचन क्षेत्रमा आज विरोध प्रदर्शन गरेको छ ।

काँग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार संसद विघटन विरोधमा सोमबार झापामा विरोध प्रदर्शन गरिएको हो ।

विरोध प्रदर्शनका लागि केन्द्रीय नेताहरु झापाका पाँच वटै निर्वाचन क्षेत्रमा गएर आमसभा र जुलुसमा सहभागि भएका छन् ।

झापा क्षेत्र नम्बर ५ अन्तरगत दमकमा काँग्रेसका केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजाल र आमन्त्रीत सदस्य दीलीप राई, क्षेत्र नम्बर ४ को दुधे बजारमा केन्द्रीय सदस्य केशवकुमार बुढोथोकीले सम्बोधन गरेका छन् ।

त्यस्तै क्षेत्र नम्बर ३ को बनियानीमा काँग्रेसका केन्द्रीय सदस्य भारततेन्दु मल्लिक, क्षेत्र नम्बर २ को शनिश्चरेमा आमन्त्रीत केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी र क्षेत्र नम्बर १ को धुलाबारीमा केन्द्रीय सदस्य सरिता प्रसाईले कार्यक्रमलाई सम्बोधन गरेको नेपाली काँग्रेस झापाले जनाएको छ ।

धुलाबारी बजारमा संसद पुर्नस्थापना गर लगायतका नारासहित र्यालीपछि आयोजीत कोणसभालाई पूर्व सांसद समेत रहेकी केन्द्रीय सदस्य प्रसाई लगायत नेताहरुले सम्बोधन गरेका थिए ।

कोणसभामा काँगे्रेस क्षेत्रीय सभापति मणिकुमार उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाई, काँग्रेस झापाका उपसभापति राम कट्टेल, मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

काँग्रेस क्षेत्रीय उपसभापति हर्क फ्याक लिम्बुले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव खड्ग धिमालले गरेका थिए ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: