झापाको बुद्धशान्ति गापामा कांग्रेस विजयी

  प्रकाशित मिति
२३ असार २०७४, शुक्रबार १४:३५


ramesh

झापा, २३ असार । झापाको वुद्धशान्ति गाँउपालिकाको अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।

काँग्रेसका अध्यक्षका उम्मेद्वार रमेश भुजेलले उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहनु भएका चिन्तन पाठकलाई ६४३ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

काँग्रेसका भुजेलले ७ हजार ९ सय ९६ मत प्राप्त गर्नुभएको थियो भने एमाले उम्मेद्वार पाठकले ७ हजार ३ सय ५३ मत प्राप्त गरेका थिए ।
त्यसैगरी, गाँउपालिकाको उपाध्यक्षमा एमालेकी मिरा भुर्तेल विजयी हुनु भएको छ । भुर्तेलले ७ हजार ४ सय ५७ मत प्राप्त गर्नुभएको छ भने उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चन्द्रकला भट्टराईले ६ हजार ८ सय ४ मत प्राप्त गरेकी छिन् ।

झापाको विर्तामोड, कनकाई, शिवसताक्षी र भद्रपुर, दमक नगरपालिकामा एमालेले मेयर उपमेयरसहित विजयी हासिल गरिसकेको छ भने गौरादह नगरापलिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकामा यस अघि नै कांग्रेस विजयी भइसकेको छ ।

त्यसैगरी, हल्दिबारी, केचना कवल र गौरीगञ्ज गाउँपालिका भने राप्रपाले जितेको छ । परिणाम आउन बाँँकी रहेको र अर्जुनधारा नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ भने मेचीनगरमा कांग्रेसका विमल आचार्यले अग्रता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: