झापा । वर्तमान सरकारले मुलुक संकटमा परिरहेको बेला सत्ता र शक्तिको दुरुपयोग गर्दै दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ ।
यसप्रति तीव्र असन्तुष्टि जनाउँदै नेवि संघ बुद्धशान्तिले शुक्रबार बुधबारे चोकमा सांकेतिक विरोध प्रदर्शन गरेको छ । विरोधसभामा उभिएका विद्यार्थीहरुले टाउकामा कालोपट्टि बाँधेका थिए ।
वर्तमान अवस्थामा सरकारले विश्वमा महामारीका रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमणलाई कसरी रोक्ने तथा लकडाउनको समयमा खान लाउन अप्ठेरो परिरहेका देशबासीहरुलाई कसरी सहज रुपमा राहत वितरण गर्ने भन्ने विषयमा ध्यान नदिई सत्ता र शक्तिको दुरुपयोग गरेर दलीय अध्यादेश पारित गराएको हुँदा नेवि संघले विरोध जनाएको नेवि संघ बुद्धशान्तिका सभापति नरेश लावतीले बताएका छन्् ।
नेवि संघ केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार देशका सबै जिल्ला र स्थानीय तहमा सामाजिक दुरी कायम गरेर विरोध तथा कोणसभाका कार्यक्रमहरु गरिएका छन् । बुद्धशान्तिमा पनि शान्तिपूर्ण ढंगमा कार्यक्रम सम्पन्न गरिएको लावतीले बताए ।
इलाका प्रहरी कार्यालय अगाडिबाट सुरु भएको विरोध ¥याली बुधबारे तल्लो चौकको बालुवाटारमा गएर कोण सभामा परिणत भएको थियो ।
जिल्ला सदस्य तथा संचार विभाग प्रमुख गोकुल पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कोण सभालाई सरकारले गरेको अमर्यादित कार्यको तीव्र आलोचना गर्दैैं सभापति लावतीले आफ्ना भनाइसहित सभाको अन्त्य गरेका थिए ।
विरोध कार्यक्रममा नेवि संघ बुद्धशान्ति उपसभापति दिनेश खतिवडा, कोषाध्यक्ष उमेश भट्टराई, मनकामना कलेज नेवि संघ इकाई उपसभापति सुजन भण्डारीको उपस्थिति रहेको थियो । साथै झापाका अन्य विभिन्न स्थानहरुमा समेत सांकेतिक विरोध गरेको नेवि संघ झापाका सभापति राजेन्द्र उप्रेतीले बताए ।