शिवसताक्षीको कार्यकारी अधिकृतमा गीता राई

  प्रकाशित मिति
२६ चैत्र २०७६, बुधबार १५:५५


शिवसताक्षी । झापाका स्थानीयतहमा पहिलो पल्ट महिला प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेकी छिन् ।

शिवसताक्षी नगरपालिकामा बुधबार प्रमुख प्रशासकीय अधिकृतको रुपमा गीताकुमारी राईले जिम्मेवारी सम्हालेकी हुन् । उनी अर्जुनधारा निवासी हुन् ।

इलाका प्रशासन कार्यालय दमकमा शाखा अधिकृतको रुपमा रहेकी राई बढुवा भई स्थानीयतह कै पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भइन् । नगरपालिकाबाट विष्णुबहादुर अधिकारले विदा लिएको चार महिना पछि प्रमुख प्रशासकीय अधिकृत पाएको नगरपालिकाले जनाएको छ ।

यस बीचमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी उपसचिव शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहालले निमित्त भई सम्हालेका थिए । उनलाई शिवसताक्षी नगरपालिका मेयर चन्द्रकुमार शेर्मा, उप मेयर भोजकुमारी नेपालसहित कर्मचारीहरुले स्वागत गरेका छन् । स्वागत गर्दै मेयर शेर्माले स्थानीयतहले पहिलो पल्ट महिला प्रमुख प्रशासकीय अधिकृत हुनु भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनलाई हाल विश्व व्यापी महामारीमा रुपमा फैलिएको कारोना भाइरस रोकथामका बारेमा नगरले गरेको गतिविधिहरुको बारेमा नगर प्रमुख शेर्माले जानकारी गराए ।

अधिकृत राईले स्थानीयतहको अनुभव नभए पनि ऐन कानुनको परिधि भित्र रहेर नगरमा सुशासन कायम गर्दै र विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताइन् ।

https://sajhamanch.com/2020/04/08/62273

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: