झापाको स्थानीय तह पुनर्संरचना

  प्रकाशित मिति
२७ कार्तिक २०७३, शनिबार ११:३१


gyanendraji

नयाँ संविधान कार्यान्वयनको सबैभन्दा पहिलो आवश्यकता बनेको निर्वाचनका लागि राज्यको पुनर्संरचना अत्यन्त आवश्यक विषय बनको छ । त्यसमा पनि यतिबेला स्थानीय तहको पुनर्संरचनाको काम भइरहेको परिप्रेक्ष्यमा झापामा स्थानीय तहको संरचना निर्माणका विषयलाई लिएर दलहरु विभाजित भएका छन् । दलहरु राजनीतिक स्वार्थका आधारमा विभाजित भएको देखिन्छ ।

राज्य पुनर्संरचना आयोगमा यसअघि झापाका दलहरुले एकढिक्का भएर ११ वटा संरचना सिफारिस गरेका दलहरु आयोगले फेरि नयाँ सिफारिस गर्न आवहन गरेपछि भने दलहरु दुई ध्रुवमा उभिएका छन् । पछिल्लो पटक नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल, राप्रपा, मधेसी मोर्चालगायतका १० वटा दलले १५ वटा संरचनाको सिफारिस स्थानीय प्राविधिक समितिलाई बुझाए भने त्यसमा आफूहरुसँग छलफल पनि नगरेको भनेर नेकपा एमाले, नयाँ शक्ति नेपाल, नेकपा माले, सद्भावना पार्टीलगायत ६ दलले १५ वटा संरचना अमान्य भन्दै पुरानै ११ वटा प्रस्तावलाई प्राविधिक समितिमा बुझाएपछि विवाद बल्झियो ।

पछिल्लो घटनाव्रmमलाई हेर्ने हो भने दलहरुबिचको विवाद चर्काउन झापाका स्थानीय विकास अधिकारीसमेत रहेका स्थानीय तह पुनर्संरचना प्राविधिक समितिका संयोजक खेमराज ओझाको कार्यशैली केही हदसम्म कारक बनेको केही राजनीतिक दलका नेताहरुको विश्लेषण छ ।

संयोजक ओझाले १० दलको १५ वटा संरचनाको प्रस्तावलाई प्राविधिक समितिको प्रस्तावका रुपमा निर्णय गराई केन्द्रीय आयोग समक्ष बुझाएपछि भने एमाले सहितका ६ दल आव्रmोसित मात्र भएनन्, जिविस झापामा प्रदर्शन नै गरे । यसरी हेर्दा प्राविधिक समितिका संयोजक ओझाले कुनै एउटा प्रस्तावलाई निर्णय नगराई दुवै प्रस्तावलाई केन्द्रको जिम्मामा पठाउनु पर्ने थियो । किन दलहरुको सहमतिविना नयाँ संरचना बनेर आएपनि त्यो कार्यान्वयनमा जटिलता थपिन्छ । तसर्थ, जिल्लामा व्रिmयाशील मुख्य दलहरुको साझा सहमतिविना कुनै संरचना सहज ढङ्गबाट चल्न सक्ने अहिलेको अवस्थामा देखिँदैन । प्राविधिक समितिको नेतृत्व गरिरहेका स्थानीय विकास अधिकारीलाई यति कुरा पनि हेक्का नहुनुले झापामा थप जटिलता थपिएको छ ।

%e0%a5%a7%e0%a5%a7-%e0%a4%96%e0%a4%be%e0%a4%95%e0%a4%be-1

अहिलेको दुईवटा फरक–फरक प्रस्तावलाई हेर्दा १३ वटामा दलहरुबिच सहमति हुने सम्भावना देखिएको छ । काङ्ग्रेससहित १० दलले सिफारिस गरेको १५ वटा स्थानीय तहमा मुख्य विवाद भनेको शान्तिनगर र बुधवारेलाई मिलाएर बनाइएको बुद्धशान्ति गाउँपालिका र दमक नगरपालिकालाई खुम्चाउने गरी भएको तोपगाछी र लखनपुरलाई मिलाएर बनाइएको कमल गाउँपालिका नै हो ।

त्यस अतिरिक्त यसअघि नगरपालिका रहेको शनिअर्जुनलाई गाउँपालिकामा झार्ने कार्य पनि विवादको विषय बनेको छ । अन्य संरचनामा खासै विवाद देखिन्न । यो अवस्थामा बुधवारेलाई शनिअर्जुनमा गाभेर शनिअर्जुनलाईसमेत नगरपालिकामा कायम राख्ने तथा शान्तिनगरलाई मेचीनगरतर्फ गाभेर मेची उपमहानगरपालिका कायम गराउने संरचना बनाउने, त्यससँगै अहिले प्रस्ताव गरिएको कमल गाउँपालिकालाई दमक नगरपालिकामा गाभेर दमक उपमहानगरपालिका सिफारिस गर्ने हो भने झापाको विवाद मिल्ने देखिन्छ ।

यो कामका लागि हतार नगरेर प्राविधिक समितिले सबै दलका प्रतिनिधि राखेर एकदिन छलफल गराएको भए सायद अहिलेको अवस्था आउने थिएन । अब बन्ने स्थानीय तह परिवर्तन हुनलाई संविधान नै संशोधन हुनुपर्छ । या भनाँै नयाँ व्यवस्था नै आउनु पर्छ, तबमात्र अब बन्न लागिरहेका संरचनाको परिवर्तन सम्भव छ । त्यसैले अहिले नयाँ संरचना बनाउँदै गर्दा त्यसक्षेत्रका स्थानीय नागरिकको आवाजलाई पनि मुखारित गर्न जरुरी छ । नकि दलको स्वार्थलाई मात्र सम्बोधन गर्नु ।

अहिले शान्तिनगर र बुधबारेका पनि स्थानीयहरु असन्तुष्टि जनाइरहेका छन् भने दमक क्षेत्रमा त झन् आफ्नै पार्टीको जिल्ला कमिटीले गरेको निर्णय विरुद्ध काङ्ग्रेस, माओवादी केन्द्रलगायतका दलहरु सडक आन्दोलनमा नै उत्रिसकेको अवस्था छ । आजको अवस्थालाई हेर्ने हो भने र दलहरुभित्र कै असन्तुष्टिलाई व्यवस्थापन गर्ने हो भने १५ वटा स्थानीय तहको सिफारिस धरापमा परेको छ । नेपाली काङ्ग्रेस र माओवादी केन्द्र जुन वर्तमानका सत्ता साझेदार दलहरु हुन्, उनीहरुबिचको आन्तरिक विद्रोह नै यो १५ वटा संरचनालाई तुहाउन काफी देखिन्छ । त्यसैले सबै दलको पनि साझा बन्ने र स्थानीय नागरिकको पनि भावना समेटिने गरी झापालाई १३ वटा स्थानीय तह रहने गरी नयाँ निर्णयका लागि दलहरु फेरि एकठाउँ उभिनु पर्छ र प्राविधिक समितिले त्यस प्रव्रिmयालाई सकारात्मक सहयोग गर्नु नै सुदूर भविष्यका लागि फलदायी बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: