‘झापाको हार्दिकता भुल्दिन’

  प्रकाशित मिति
४ माघ २०७२, सोमबार ०९:४५


tej
विर्तामोड । झापाबाट सरुवा भई जान लागेका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले समस्या समाधानका लागि एकैठाउँ उभिने झापा जिल्लाका राजनीतिक दलहरूको संस्कार मुलुककै उदाहरणीय भएको बताएका छन् ।

नियमित सरुवाको सिलसिलामा झापाबाट भक्तपुर जिल्ला प्रशासन कार्यालयमा जान लागेका पौडेलले लोकतन्त्र पोस्टसँगको कुराकानीमा झापाको बसाई जीवनकै अविस्मरणीयमध्ये भएको बताए ।

‘यहाँका मानिसमा अरु कतै नपाइने हार्दिकता र सद्भाव पाइन्छ’, झापा वसाइको अनुभूति सुनाउँदै प्रजिअ पौडेल भन्छन्–‘दुःख होस् वा सुखको क्षण, झापा जहिल्यै एकैठाउँ उभिएको मैले पाएँ ।’

बैशाख १२ गतेको भूकम्पपछि झापाले अरु जिल्लाको तुलनामा सबैभन्दा राहत सहयोग दिएको स्मरण गर्दै उनले प्रधानमन्त्री राहत कोषमार्फत ३ करोड नगद र १ अरब भन्दा बढी राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको जानकारी दिए ।

‘झापाले भूकम्प र नाकाबन्दीको बेला मुलुकको अरु जिल्लालाई सहयोग पुर्यायो’, उनले जिल्लाबासीप्रति कृतज्ञता प्रकट गर्दै भने–‘झापाबासीको धारणा सकारात्मक र सिर्जनात्मक भएको मैले पाएँ ।’

उनले १४ महिना झापा बस्दा राजनीतिक दल, कर्मचारी संयन्त्र, सुरक्षा निकाय, व्यवसायी, सामाजिक कार्यकर्ता, पत्रकार लगायत सबै क्षेत्रको भुल्नै नसकिने सहयोग पाएको बताए ।

‘मलाई बस्न रहर लागेको जिल्ला हो’–उनले झापाप्रतिको मोह कहिल्यै नघटेको उल्लेख गर्दै आफुलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

उनले आफु भक्तपुर जिल्ला प्रशासन कार्यालयमा जाने र त्यहाँ रहँदा पनि झापावासीलाई सम्झिरहने बताए । उनले आफ्नो सम्पर्क नम्वर ९८५१११७५६१ रहेको समेत झापावासीलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: