झापाबाट चौतारीमा चार उम्मेदवार

  प्रकाशित मिति
४ जेष्ठ २०७३, मंगलवार १०:३२


chetan adझापा । नेकपा एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालमा चुनावी सरगर्मी सुरु भएको छ ।

जेठ ६ देखि ८ गतेसम्म काठमाडौँमा हुने चौतारीको आठौँ महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व छनौट गर्दैछ ।
यसपाली चुनावी माहौल सामाजिक सञ्जालमा प्रकट भएको छ । उम्मेद्वारहरू फेसबुकमार्फत दावेदारी प्रस्तुत गर्ने र साथीसँग मत माग्ने गरिरहेका छन् ।

अध्यक्ष पदका लागि अहिलेसम्म चार जना उम्मेदवार चर्चामा छन्–गणेश बस्नेत, माधव नेपाल, दुर्गा शर्मा र उपेन्द्र केसी ।
तर अन्तिम प्रतिष्पर्धा गणेश बस्नेत र माधव नेपालविच हुने अनुमान गरिदैछ । बस्नेत चौतारीका पूर्वउपाध्यक्ष हुन् । बस्नेत राजधानी दैनिकमा कार्यरत छन् । उनी एमालेको संस्थापन समूह अर्थात ओली खेमाका मानिन्छन् ।

वर्तमान महासचिव माधव नेपाल अध्यक्षका अर्का दाबेदार हुन् । उनी एमाले नेता माधव नेपाल निकट मानिन्छन् ।
दावेदारहरूले अध्यक्षका लागि मत माग्न थालिसके पनि हालकै अध्यक्ष राजेन्द्र अर्याललाई दोहोर्याउन tirtha sigदिनु पर्ने वा अर्यालसँग पहिलेको चुनावमा पराजित विष्णु रिजाललाई यसपटक सर्वसम्मत अध्यक्ष बनाउनु पर्ने जस्ता चर्चा पनि उठेका छन् ।

यसपटक झापाका ४ जनाले विभिन्न पदमा उम्मेदवारी दिने बताएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उपमहासचिव पदमा, केन्द्रीय सदस्य तीर्थ सिग्देलले प्रदेश नं. १ बाट उपाध्यक्षमा, अर्का केन्द्रीय सदस्य गोपाल गड्तौलाले खुलातर्फ केन्द्रीय सदस्यमा र केन्द्रीय पार्षद अम्बिका भण्डारीले प्रदेश नं. १ बाट महिला केन्द्रीय सदस्य पदमा उम्मेदवारी बताएका छन् ।

छिमेकी जिल्ला इलामका केन्द्रीय सदस्य सटेन्द्र जवेगुले केन्द्रीय सदस्यमा र मोरङका बिक्रम लुइँटेलले सचिव पदमा र सुनसरीका लीलाराज भट्टराईले प्रदेश नं. १ बाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

उपाध्यक्ष कुशलबाबु बस्नेत (उदयपुर)ले वरिष्ठ उपाध्यक्ष पदमा, सुनसरीका देबेन्द्र कार्कीले केन्द्रीय सदस्य पदमा र भोजपुरका ध्रुव सुबेदीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

gopal gadtमहासचिवमा राजेश राई र गणेश पाण्डेको प्रभावशाली दावी छ ।
महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्लाको केन्द्रीय पार्षदको टोली राजधानी जाने क्रम सुरु भएको छ । झापाको टोली बुधवार विहान झापाबाट प्रस्थान गर्ने प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेलले बताए ।

ambika bhan

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: