झापामा अर्को सर्पदंश केन्द्र थपियो

  प्रकाशित मिति
१४ जेष्ठ २०७४, आईतवार १७:४४


kankai

झापा । झापाको कनकाई नगरपालिकामा ६० लाख रुपैयाँको लागतमा सर्पदंश उपचार केन्द्र आइतवारबाट सुरु भएको छ ।

कनकाई ४ स्थित कोटीहोममा भ्यान्टिलेटरसहितको सहारा सर्पदंश उपचार केन्द्र सुरु भएको हो ।

केन्द्रको प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले एक कार्यक्रमबीच कनकाई सहारा सर्पदंश उपचार केन्द्रको उद्घाटन गरेका हुन् ।

सहारा नेपालको आर्थिक सहयोगमा स्थापना भएको भ्यान्टिलेटरसहितको उपचार केन्द्र यो झापाको पहिलो हो । यसअघि झापाको चारआलीमा नेपाली सेनाको व्यारेकभित्र र दमकमा रेडक्रसले पनि उपचार केन्द्र सञ्चालनमा ल्याएका छन् तर ती केन्द्रमा भ्यान्टिलेटरको सुविधा छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: