झापामा आइतबार ३ जना स्थानीयलाई कोरोना

  प्रकाशित मिति
११ आश्विन २०७७, आईतवार २१:१४


मेचीनगर, ११ असोज । झापामा आज थपिएका ३ जना संक्रमित स्थानीय रहेको पुष्टि भएको छ ।

आइतबार झापामा १ जना महिला र २ जना स्थानीय पुरुषलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बिर्तामोड नगरपालिका वडा नम्बर १ का ९० वर्षीय १ जना वृद्वा महिला, अर्जुनधारा नगरपालिका– ३ का ५१ वर्षीय १ जना पुरुष र दमक नगरपालिका–५ नम्बर वडाका ४२ वर्षीय १ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।

उनीहरु सबै जना स्थानीय रहेको उनले बताए । दमकका संक्रमित भ्यानका चालक रहेको बताईएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ८४७ पुगेको छ । निको हुनेको संख्या ७७४ छ । सकृय संक्रमित ६६ जना छन् भने हालसम्म ७ जनाको मृत्यु भईसकेको छ ।

झापामा अहिलेसम्म २५ हजार ५ सय १४ जनाको स्वाबको नमुना संकलन गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: