झापामा आज एकको मृत्यु, १७ जनामा कोरोना

  प्रकाशित मिति
२८ मंसिर २०७७, आईतवार १७:२७


मेचीनगर, २८ मंसिर । झापामा आज १७ जना संक्रमित थपिएका छन् । केहिदिन यता संक्रमित भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आइतवार जिल्लाका ७ वटा पालिकामा ११ महिला र ६ जना पुरुषसहित १७ जनामा कोरोना भाइरसको संक्रमण र १ जनाको मृत्यु भएको हो ।

दमक नगरपालिकामा २ महिलासहित ५ जना, मेचीनगर नगरपालिकामा १ जना महिला, बिर्तामोड नगरपालिकामा ५ जना महिला, गौरादह नगरपालिकामा २ महिलासहित ३ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, शिवसताक्षी नगरपालिकामा १ जना महिला, गौरीगञ्ज बाह्रदशी गाउँपालिकामा १ जना पुरुष र कमल गाउँपालकामा १ जना पुरुष संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।

त्यसैगरी आज मृत्यु हुनेका १ जना महिला छन् । जसमा गौरादह–५ का ५५ वर्षीया महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।

झापामा हालसम्म ३४ हजार ५२७ स्वाब संकलन गरिएका मध्ये ४ हजार ३१७ जना संक्रमित छन् । जिल्लामा हालसम्म १२३ जनाको मृत्यु भइसकेको छ । आइसोलेसनमा रहेका सकृय संक्रमित ७०३ र होम आइसोलेसनमा ६९२ र हालसम्म निको भएर घर फर्किएका ३ हजार ४९१ जना रहेको चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: