झापामा आज एकको मृत्यु, २१ जनामा कोरोना

  प्रकाशित मिति
४ पुष २०७७, शनिबार १९:२८


मेचीनगर, ४ पुस । झापामा आज २१ जना संक्रमित थपिएका छन् । केहिदिन यता संक्रमित मध्ये एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार शनिवार जिल्लाका ९ वटा पालिकामा १३ महिला र ८ जना पुरुषसहित २१ जनामा कोरोना भाइरसको संक्रमण र १ जनाको ज्यान गएको पुष्टि भएको हो ।

दमक नगरपालिकामा २ महिलासहित ४ जना, बिर्तामोड नगरपालिकामा ७ महिलासहित ८ जना, भद्रपुर नगरपालिकामा १ जना पुरुष, बुद्वशान्ति गाउँपालिकामा १ जना पुरुष, मेचीनगर नगरपालिकामा १ जना महिला संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यस्तै कनकाई नगरपालिकामा १ जना महिला, शिवसताक्षी नगरपालिकामा १ महिलासहित ३ जना, कचनकवल गाउँपालिकामा १ जना महिला र झापा गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेको उनले बताए । सबै संक्रमित जना स्थानीय हुन् ।

आज मृत्यु हुनेमा १ जना पुरुष छन् । जस्मा शिवसताक्षी–९ का ७४ वर्षीय पुरुषको कोरोना भाइरसको कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।

झापामा हालसम्म ३४ हजार ८५५ स्वाब संकलन गरिएका मध्ये ४ हजार ४२४ जना संक्रमित छन् । जिल्लामा हालसम्म १२८ जनाको मृत्यु भइसकेको छ ।

आइसोलेसनमा रहेका सकृय संक्रमित ३९६ र होम आइसोलेसनमा ३८९ र हालसम्म निको भएर घर फर्किएका ३ हजार ९०० जना रहेको चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: