झापामा आज एकको मृत्यु, ३० जना संक्रमित

  प्रकाशित मिति
२५ मंसिर २०७७, बिहीबार १७:०८


मेचीनगर, २५ मंसिर । झापामा आज ३० जना संक्रमित थपिएका छन् । केहिदिन अघि संक्रमित भएका मध्ये एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार बिहीवार जिल्लाका ७ वटा पालिकामा ११ महिला र १९ जना पुरुषसहित ३० जनामा कोरोना भाइरसको संक्रमण र आज १ जनाको मृत्यु भएको हो ।

दमक नगरपालिकामा २ महिलासहित १० जना, मेचीनगर नगरपालिकामा १ जना महिला, बिर्तामोड नगरपालिकामा ५ महिलासहित ९ जना, अर्जुनधारा नगरपालिकामा १ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, शिवसताक्षी नगरपालिकामा १ महिलासहित ३ जना, कनकाई नगरपालिकामा १ महिलासहित ४ जना र हल्दीबारी गाउँपालिकामा १ महिलासहित २ जना संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।

आज मृत्यु हुनेमा १ जना पुरुष छन् । जस्मा दमक–१० का ६९ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।

झापामा हालसम्म ३४ हजार २८४ स्वाब संकलन गरिएका मध्ये ४ हजार २६३ जना संक्रमित छन् । जिल्लामा हालसम्म १२० जनाको मृत्यु भइसकेको छ । आइसोलेसनमा रहेका सकृय संक्रमित ८५० र निको भएर घर फर्किएका ३ हजार २९२ जना रहेको चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: