झापामा आज एकको मृत्यु, ३१ जना संक्रमित

  प्रकाशित मिति
१७ मंसिर २०७७, बुधबार १९:५६


मेचीनगर, १७ मंसिर । झापामा आज ३१ जना संक्रमित थपिएका छन् । केहिदिन अघि संक्रमित भएका एक जनाको ज्यान गएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार मङ्गलबार जिल्लाका १० वटा पालिकामा १० महिला र २१ जना पुरुषसहित ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको ज्यान गएको हो ।

दमक नगरपालिकामा १ महिलासहित २ जना, मेचीनगर नगरपालिकामा ६ जना पुरुष, बिर्तामोड नगरपालिकामा ३ महिलासहित ४ जना, भद्रपुर नगरपालिकामा २ जना पुरुष, अर्जुनधारा नगरपालिकामा १ जना महिला, कनकाई नगरपालिकामा २ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, शिवसताक्षी नगरपालिकामा १ महिलासहित ३ जना, हल्दीबारी गाउँपालिकामा १ जना पुरुष, कचनकवल गाउँपालिकामा १ जना पुरुष, बाह्रदशी गाउँपालिकामा २ महिलासहित ५ जना र अन्य पालिका नखुलेकोमा २ महिलासहित ४ जना मध्ये ३ जना इलाम र १ जना मोरङ जिल्लाका संक्रमित रहेको उनले जानकारी दिए । अन्य संक्रमित सबै जना स्थानीय हुन् ।

आज मृत्यु हुनेमा १ जना पुरुष छन् । जस्मा दमक–२ का ६७ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।
झापामा हालसम्म ३३ हजार ४२३ स्वाब संकलन गरिएका मध्ये ३ हजार ९५१ जना संक्रमित छन् । जिल्लामा हालसम्म ११४ जनाको मृत्यु भइसकेको छ ।

आइसोलेसनमा रहेका सकृय संक्रमित १ हजार २२८, होम आइसोलेसनमा १ हजार २२० र निको भएर घर फर्किएका २ हजार ६०९ रहेको चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: