झापामा आज एकको मृत्यु, ३ जनामा कोरोना

  प्रकाशित मिति
७ पुष २०७७, मंगलवार १८:४१


मेचीनगर, ७ पुस । झापामा आज ३ जना संक्रमित थपिएका छन् । केहिदिन यता संक्रमित मध्ये एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार मंगलबार जिल्लाका २ वटा पालिकामा १ महिला र २ जना पुरुषसहित ३ जनामा कोरोना भाइरसको संक्रमण र १ जनाको ज्यान गएको पुष्टि भएको हो ।

दमक नगरपालिका वडा नम्बर ४ का २ जना पुरुष र मेचीनगर नगरपालिका वडा नम्बर २ र १० का १ महिलासहित २ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

आज मृत्यु हुनेमा १ जना महिला छन् । जस्मा मेचीनगर–१० की ५७ वर्षीया महिलाको कोरोना भाइरसको कारण मृत्यु भएको उनले बताए ।

झापामा हालसम्म ३५ हजार २७ स्वाब संकलन गरिएका मध्ये ४ हजार ४४४ जना संक्रमित छन् । जिल्लामा हालसम्म १२९ जनाको मृत्यु भइसकेको छ ।

आइसोलेसनमा रहेका सकृय संक्रमित ३०५ र होम आइसोलेसनमा २९८ र हालसम्म निको भएर घर फर्किएका ४ हजार १० जना रहेको चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: