मेचीनगर । झापामा आज एकजना स्थानीय महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का स्थानीय १ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमित २३ वर्षीया महिला स्थानीय हुन् । उनको पाँच दिनअघि नोवेल अस्पताल विराटनगरमा स्वाबको नमुना संकलन गरिएको थियो । उनको आज रिपोर्ट पोजेटिभ आएको चौलागाईले जानकारी दिए ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या ७३९ पुगेको छ भने निको भएर घर फर्किएका ६१७ जना छन् ।
हालसम्म २३ हजार ३५१ जनाको पीसीआर गरिएको छ भने ११९ जना सकृय संक्रमित छन् ।