झापामा आज थपिएका पाँचै जना संक्रमित स्थानीय

  प्रकाशित मिति
२० भाद्र २०७७, शनिबार १९:५६


मेचीनगर, २० भदौ । झापामा आज ५ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरु सबै जना स्थानीय हुन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार दमक नगरपालिका–२ र ८ नम्बर वडाका १ महिला र २ जना पुरुष, बिर्तामोड नगरपालिका–२ नम्बर वडाका १ जना पुरुष तथा शिवसताक्षी नगरपालिका–२ नम्बर वडाका १ जना पुरुष छन् ।

उनीहरु सबै स्थानीय रहेको चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ६४६ पुगेको छ भने कोभिड अस्पतालबाट निको भएर घर फर्किएका ४८१ जना रहेको उनले जानकारी दिए ।

अझै १६१ जना सकृय संक्रमित आइसोलेसनमा रहेको बताइएको छ ।

हालसम्म झापामा २१ हजार ९ सय ५५ जनाको स्वाबको नमुना संकलन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: