झापामा बुधबार थपिएका ५ जना संक्रमित स्थानीय

  प्रकाशित मिति
२४ भाद्र २०७७, बुधबार १७:१४


मेचीनगर । झापामा आज ५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का २६ र ३२ वर्षीया २ जना महिला, कनकाई नगरपालिका वडा नम्बर २ र ३ का १४ र २० वर्षीय २ जना पुरुष र मेचीनगरपालिका वडा नम्बर ६ का ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबै जना स्थानीय रहेको उनले बताए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ७०८ पुगेको छ भने निको भएर घर फर्किएका ५२१ जना छन् ।

हालसम्म २२ हजार ७०६ जनाको पीसीआर गरिएको छ भने १८४ जना सकृय संक्रमित छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: