झापामा आज १२ जना कोरोना संक्रमित थपिए

  प्रकाशित मिति
३० मंसिर २०७७, मंगलवार १८:१७


मेचीनगर, ३० मंसिर । झापामा आज १२ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार मङ्गलवार जिल्लाका ८ वटा पालिकामा ७ महिला र ५ जना पुरुषसहित १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बिर्तामोड नगरपालिकामा १ जना महिला, मेचीनगर नगरपालिकामा १ महिलासहित २ जना, गौरादह नगरपालिकामा १ जना महिला, भद्रपुर नगरपालिकामा १ महिलासहित २ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, कनकाई नगरपालिकामा १ जना पुरुष, बुद्वशान्ति गाउँपालिकामा २ जना महिला, शिवसताक्षी नगरपालिकामा १ जना महिला र बाह्रदशी गाउँपालिकामा १ महिलासहित २ जना संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।

झापामा हालसम्म ३४ हजार ६५७ स्वाब संकलन गरिएका मध्ये ४ हजार ३५१ जना संक्रमित छन् । जिल्लामा हालसम्म १२३ जनाको मृत्यु भइसकेको छ ।

आइसोलेसनमा रहेका सकृय संक्रमित ५४५ र होम आइसोलेसनमा ५४० र हालसम्म निको भएर घर फर्किएका ३ हजार ६८३ जना रहेको चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: