झापामा आज १२ जना संक्रमित थपिए

  प्रकाशित मिति
६ पुष २०७७, सोमबार १९:१९


मेचीनगर, ६ पुस । झापामा आज १२ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार सोमवार जिल्लाका ८ वटा पालिकामा ४ महिला र ८ जना पुरुषसहित १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

दमक नगरपालिकामा २ जना पुरुष, शिवसताक्षी नगरपालिकामा १ जना पुरुष, मेचीनगर नगरपालिकामा २ महिलासहित ३ जना, बिर्तामोड नगरपालिकामा २ जना महिला संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी भद्रपुर नगरपालिकामा १ जना पुरुष, कनकाई नगरपालिकामा १ जना पुरुष, बुद्वशान्ति गाउँपालिकामा १ जना पुरुष र बाह्रदशी गाउँपालिकामा १ जना पुरुषलाई संक्रमण भएको उनले बताए । संक्रमित सबै स्थानीय हुन् ।

झापामा हालसम्म ३४ हजार ९४९ स्वाब संकलन गरिएका मध्ये ४ हजार ४४१ जना संक्रमित छन् । जिल्लामा हालसम्म १२८ जनाको मृत्यु भइसकेको छ ।

आइसोलेसनमा रहेका सकृय संक्रमित ३५१ र होम आइसोलेसनमा ३४६ र हालसम्म निको भएर घर फर्किएका ३ हजार ९६२ जना रहेको चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: