झापामा आज १६ जना संक्रमित थपिए

  प्रकाशित मिति
१७ पुष २०७७, शुक्रबार २०:३३


मेचीनगर, १७ पुस । झापामा आज १६ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार शुक्रबार जिल्लाका ४ वटा पालिकामा ८ जना महिला र ८ जना पुरुष गरी जम्मा १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ का ३ जना महिला, दमक नगरपालिका वडा नम्बर १, ५, ६, ८ र १० का ४ महिलासहित ९ जना, मेचीनगर नगरपालिका वडा नम्बर ६ का २ जना पुरुष र कनकाई नगरपालिका वडा नम्बर ३ का १ महिलासहित २ जना संक्रमित भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

झापामा हालसम्म ४ हजार ५२९ जना संक्रमित छन् भने १३१ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: