झापामा आज १७ जना संक्रमित थपिए

  प्रकाशित मिति
२६ मंसिर २०७७, शुक्रबार १७:२३


मेचीनगर, २६ मंसिर । झापामा आज १७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार शुक्रवार जिल्लाका ८ वटा पालिकामा ४ महिला र १३ जना पुरुषसहित १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

दमक नगरपालिकामा २ जना पुरुष, मेचीनगर नगरपालिकामा १ महिलासहित ४ जना, बिर्तामोड नगरपालिकामा २ महिलासहित ३ जना, अर्जुनधारा नगरपालिकामा ३ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, शिवसताक्षी नगरपालिकामा ३ जना पुरुष, भद्रपुर नगरपालिकामा १ जना महिला, कमल गाउँपालिकामा २ जना पुरुष र बुद्वशान्ति गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।

झापामा हालसम्म ३४ हजार ३३३ स्वाब संकलन गरिएका मध्ये ४ हजार २८० जना संक्रमित छन् । जिल्लामा हालसम्म १२० जनाको मृत्यु भइसकेको छ । आइसोलेसनमा रहेका सकृय संक्रमित ९७१ र निको भएर घर फर्किएका ३ हजार २९० जना रहेको चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: