झापामा आज १८ जना संक्रमित थपिए

  प्रकाशित मिति
१३ पुष २०७७, सोमबार १८:२४


मेचीनगर, १३ पुस । झापामा आज १८ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार सोमबार जिल्लाका ६ वटा पालिकामा ७ जना महिला र ११ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

दमक नगरपालिकामा १ जना पुरुष, बिर्तामोड नगरपालिकामा ४ महिलासहित ७ जना, भद्रपुर नगरपालिकामा २ जना पुरुष, कनकाई नगरपालिकामा ३ जना पुरुष, अर्जुनधारा नगरपालिकामा १ महिलासहित ३ जना, बुद्वशान्ति गाउँपालिकामा १ जना महिला र अन्य नगरपालिका मध्ये इलाम जिल्ला ठेगाना भएको महिलालाई संक्रमित भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

झापामा हालसम्म ३५ हजार २५३ जनाको स्वाब संकलन गरेको मध्ये ४ हजार ४९८ जना संक्रमित छन् । जिल्लामा हालसम्म १३१ जनाको मृत्यु भइसकेको छ भने निको भएर घर फर्किने ४ हजार १५९ जना रहेको चौलागाईले बताए ।

अहिलेसम्म आइसोलेसनमा रहेका सकृय संक्रमित २०८ र होम आइसोलेसनमा २०१ जना रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: