मेचीनगर, ८ असोज । झापामा आज ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये एक जनाको मृत्यु भएको छ ।
विहीबार झापामा थपिनेमा ४ जनामध्ये १ जनाको मृत्यु, ३ जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले झापा गाउँपालिका–१ नम्बर वडाका ७८ वर्षीय १ जना स्थानीय वृद्वको मृत्यु भएको बताए ।
कनकाई नगरपालिका वडा नम्बर २ का ३० र ४८ वर्षीय २ जना पुरुष र भद्रपुर नगरपालिका १ नम्बर वडाका ५० वर्षीय १ जना स्थानीय पुरुषलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको उनले बताए ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या ८२२ पुगेको छ । निको हुनेको संख्या ७५७ छ । सकृय संक्रमित ५९ जना छन् भने विहीबारसम्म ६ जनाको मृत्यु भएको छ ।