झापामा आज १ को मृत्यु, ४७ जना संक्रमित

  प्रकाशित मिति
१५ मंसिर २०७७, सोमबार १८:४९


मेचीनगर, १५ मंसिर । झापामा आज ४७ जना संक्रमित थपिएका छन् । केहिदिन अघि संक्रमित भएका एक जनाको ज्यान गएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका १० वटा पालिकामा १८ महिला र २९ जना पुरुषसहित ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको ज्यान गएको हो ।

दमक नगरपालिकामा १ महिलासहित ३ जना, मेचीनगर नगरपालिकामा १ महिलासहित २ जना, बिर्तामोड नगरपालिकामा ५ महिलासहित ९ जना, भद्रपुर नगरपालिकामा ४ महिलासहित १० जना, अर्जुनधारा नगरपालिकामा १ महिलासहित २ जना, कनकाई नगरपालिकामा १ महिलासहित ६ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, शिवसताक्षी नगरपालिकामा १ महिलासहित ४ जना, झापा गाउँपालिकामा १ महिलासहित २ जना, गौरादह नगरपालिकामा २ जना महिला, बुद्वशान्ति गाउँपालिकामा ३ जना पुरुष र अन्य पालिका नखुलेकोमा १ महिलासहित ४ जना मध्ये मोरङका ३ र ठेगाना नखुलेका १ जना संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।

आज मृत्यु हुनेमा १ जना पुरुष छन् । जस्मा भद्रपुर–९ का ७६ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।

झापामा हालसम्म ३३ हजार १३५ स्वाब संकलन गरिएका मध्ये ३ हजार ८६१ जना संक्रमित छन् । जिल्लामा हालसम्म ११० जनाको मृत्यु भइसकेको छ । आइसोलेसनमा रहेका सकृय संक्रमित १ हजार २३६ र निको भएर घर फर्किएका २ हजार ५१५ रहेको चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: