झापामा आज १ जना संक्रमित थपिए

  प्रकाशित मिति
११ पुष २०७७, शनिबार १८:४९


मेचीनगर, ११ पुस । झापामा आज १ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार शनिबार जिल्लाका एउटा पालिकामा १ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बिर्तामोड नगरपालिका वडा नम्बर ७ का १ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

झापामा हालसम्म ३५ हजार २०७ जनाको स्वाब संकलन गरेको मध्ये ४ हजार ४८० जना संक्रमित छन् । जिल्लामा हालसम्म १३१ जनाको मृत्यु भइसकेको छ भने निको भएर घर फर्किने ४ हजार १४० जना रहेको चौलागाईले बताए ।

अहिलेसम्म आइसोलेसनमा रहेका सकृय संक्रमित २०९ र होम आइसोलेसनमा २०२ जना रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: