झापामा आज २२ जनामा कोरोना संक्रमण

  प्रकाशित मिति
२९ मंसिर २०७७, सोमबार १६:४६


मेचीनगर, २९ मंसिर । झापामा आज २२ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार सोमवार जिल्लाका ९ वटा पालिकामा ४ महिला र १८ जना पुरुषसहित २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

दमक नगरपालिकामा १ महिलासहित ४ जना, मेचीनगर नगरपालिकामा १ जना पुरुष, बिर्तामोड नगरपालिकामा ३ जना पुरुष, भद्रपुर नगरपालिकामा १ महिलासहित २ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, शिवसताक्षी नगरपालिकामा १ महिलासहित २ जना, कचनकवल गाउँपालिकामा १ जना पुरुष, झापा गाउँपालकामा १ जना पुरुष, कनकाई नगरपालिकामा १ महिलासहित ७ जना र अर्जुनधारा नगरपालिकामा १ जना पुरुष संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।

झापामा हालसम्म ३४ हजार ५४७ स्वाब संकलन गरिएका मध्ये ४ हजार ३३९ जना संक्रमित छन् । जिल्लामा हालसम्म १२३ जनाको मृत्यु भइसकेको छ ।

आइसोलेसनमा रहेका सकृय संक्रमित ५६२ र होम आइसोलेसनमा ५५६ र हालसम्म निको भएर घर फर्किएका ३ हजार ६५४ जना रहेको चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: