झापामा आज १७ जना संक्रमित थपिए

  प्रकाशित मिति
२ पुष २०७७, बिहीबार १९:५८


मेचीनगर, २ पुस । झापामा आज १७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार बिहीवार जिल्लाका ३ वटा पालिकामा ८ महिला र ९ जना पुरुषसहित १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

दमक नगरपालिकामा ७ महिलासहित १३ जना, गौरादह नगरपालिकामा १ महिलासहित २ जना र कमल गाउँपालिकामा २ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । सबै संक्रमित जना स्थानीय हुन् ।

झापामा हालसम्म ३४ हजार ८१० स्वाब संकलन गरिएका मध्ये ४ हजार ३९१ जना संक्रमित छन् । जिल्लामा हालसम्म १२५ जनाको मृत्यु भइसकेको छ ।

आइसोलेसनमा रहेका सकृय संक्रमित ४९० र होम आइसोलेसनमा ४८३ र हालसम्म निको भएर घर फर्किएका ३ हजार ७७६ जना रहेको चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: