झापामा आज २ को मृत्यु, २३ जना संक्रमित

  प्रकाशित मिति
२४ मंसिर २०७७, बुधबार १७:२२


मेचीनगर, २४ मंसिर । झापामा आज २३ जना संक्रमित थपिएका छन् । केहिदिन अघि संक्रमित भएका मध्ये २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार बुधबार जिल्लाका ९ वटा पालिकामा ७ महिला र १६ जना पुरुषसहित २३ जनामा कोरोना भाइरसको संक्रमण र आज २ जनाको मृत्यु भएको हो ।

दमक नगरपालिकामा १ महिलासहित ७ जना, मेचीनगर नगरपालिकामा १ महिलासहित २ जना, बिर्तामोड नगरपालिकामा ४ जना पुरुष, भद्रपुर नगरपालिकामा २ महिलासहित ३ जना, अर्जुनधारा नगरपालिकामा १ जना महिला संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, शिवसताक्षी नगरपालिकामा १ जना महिला, बुद्वशान्ति गाउँपालिकामा १ जना पुरुष, कमल गाउँपालिकामा १ महिलासहित ५ जना र बाह्रदशी गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।

आज मृत्यु हुनेमा २ जना पुरुष छन् । जस्मा शिवसताक्षी–१० का ८५ वर्षीय र दमक–३ का ४१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।

झापामा हालसम्म ३४ हजार २२४ स्वाब संकलन गरिएका मध्ये ४ हजार २३३ जना संक्रमित छन् । जिल्लामा हालसम्म ११९ जनाको मृत्यु भइसकेको छ । आइसोलेसनमा रहेका सकृय संक्रमित १ हजार ९९, होम आइसोलेसनमन सकृय संक्रमित १ हजार ८३ र निको भएर घर फर्किएका ३ हजार ९३ रहेको चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: