झापामा आज २ को मृत्यु, ९० जनामा कोरोना

  प्रकाशित मिति
८ मंसिर २०७७, सोमबार १७:२०


मेचीनगर, ८ मंसिर । झापामा आज ९० जना संक्रमित थपिएका छन् । केहिदिन अघि संक्रमित भएकामध्ये २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका ११ वटा पालिकामा ३८ महिला र ५२ जना पुरुषसहित ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

दमक नगरपालिकामा १८ महिलासहित ४९ जना, मेचीनगर नगरपालिकामा ४ महिलासहित ८ जना, बिर्तामोड नगरपालिकामा ३ जना पुरुष, भद्रपुर नगरपालिकामा २ महिलासहित ७ जना, अर्जुनधारा नगरपालिकामा २ महिलासहित ४ जना, कनकाई नगरपालिकामा ६ महिलासहित ८ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, कमल गाउँपालिकामा २ जना महिला, बुद्वशान्ति गाउँपालिकामा १ जना पुरुष, हल्दीबारी गाउँपालिकामा १ जना महिला, कचनकवल गाउँपालिकामा २ जना पुरुष, शिवसताक्षी नगरपालिकामा १ महिलासहित २ जना, झापा गाउँपालिकामा १ महिलासहित २ जना र पालिका नखुलेका १ जना महिला संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।

त्यस्तै आज मृत्यु हुनेमा १ महिला र १ जना पुरुष छन् । भद्रपुर–८ का ७३ वर्षीय पुरुष र मेचीनगर–४ की ८२ वर्षीया महिलाको विराटनगर स्थित कोशी कोभिड–१९ अस्पतालमा कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।

झापामा हालसम्म ३२ हजार ५४६ स्वाब संकलन गरिएका मध्ये ३ हजार ३६१ जना संक्रमित छन् । जिल्लामा हालसम्म ९६ जनाको मृत्यु भइसकेको छ । सकृय संक्रमित ९९२ र निको भएर घर फर्किएका २ हजार २७३ रहेको चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: