झापामा आज २ जनामा कोरोना संक्रमण

  प्रकाशित मिति
२६ पुष २०७७, आईतवार १७:४२


मेचीनगर, २६ पुस । झापामा आज २ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आइतबार जिल्लाका २ वटा पालिकामा २ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

अर्जुनधारा नगरपालिका वडा नम्बर ६ का १ जना पुरुष र गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ का १ जना पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

झापामा हालसम्म ३५ हजार ७२९ जनाको स्वाब संकलन गरिएकोमा ४ हजार ५६३ जना संक्रमित छन् भने १२६ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म आइसोलसनमा बसेका सकृय संक्रमित १५६ र होम आइसोलेसनमा १४७ जना रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: