झापामा आज ३ को मृत्यु, १११ जनामा कोरोना संक्रमण

  प्रकाशित मिति
९ मंसिर २०७७, मंगलवार १७:११


मेचीनगर, ९ मंसिर । झापामा आज १११ जना संक्रमित थपिएका छन् । केहिदिन अघि संक्रमित भएकामध्ये ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका १३ वटा पालिकामा ५१ महिला र ६० जना पुरुषसहित १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

दमक नगरपालिकामा ६ महिलासहित ११ जना, मेचीनगर नगरपालिकामा २ महिलासहित ४ जना, बिर्तामोड नगरपालिकामा १० महिलासहित २३ जना, भद्रपुर नगरपालिकामा ४ महिलासहित ५ जना, अर्जुनधारा नगरपालिकामा १ महिलासहित ५ जना, कनकाई नगरपालिकामा ५ महिलासहित ९ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, कमल गाउँपालिकामा २ जना महिला, बुद्वशान्ति गाउँपालिकामा २ महिलासहित ६ जना, हल्दीबारी गाउँपालिकामा १ महिलासहित ३ जना, कचनकवल गाउँपालिकामा २ महिलासहित ४ जना, शिवसताक्षी नगरपालिकामा २ महिलासहित ४ जना, बाह्रदशी गाउँपालिकामा १ जना महिला, गौरादह नगरपालिकामा ९ महिलासहित २६ जना र पालिका नखुलेको ४ महिलासहित ८ जना संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।

त्यसमध्ये पालिका नखुलेको ८ जनामा २ जना इलाम, ३ जना मोरङ, १ जना तुलसीपुर र २ जनाको ठेगाना नभएको ।

त्यस्तै आज मृत्यु हुनेमा २ महिला र १ जना पुरुष छन् । भद्रपुर–१ र ८ का ६३ र ६८ वर्षीया महिला र दमक–९ का ८० वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।

झापामा हालसम्म ३२ हजार ५७६ स्वाब संकलन गरिएका मध्ये ३ हजार ४७२ जना संक्रमित छन् । जिल्लामा हालसम्म ९९ जनाको मृत्यु भइसकेको छ । सकृय संक्रमित १ हजार ४४ र निको भएर घर फर्किएका २ हजार ३२९ रहेको चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: