झापामा आज ४९ जना संक्रमित, ३ को मृत्यु

  प्रकाशित मिति
७ मंसिर २०७७, आईतवार १७:३७


मेचीनगर, ७ मंसिर । झापामा आज ४९ जना संक्रमित थपिएका छन् । केहिदिन अघि संक्रमित भएकामध्ये ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका १२ वटा पालिकामा १६ महिला र ३३ जना पुरुषसहित ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मेचीनगर नगरपालिकामा १ महिलासहित ४ जना, बिर्तामोड नगरपालिकामा १ महिलासहित ३ जना, भद्रपुर नगरपालिकामा ३ महिलासहित ९ जना, अर्जुनधारा नगरपालिकामा २ महिलासहित ४ जना, कनकाई नगरपालिकामा १ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, शिवसताक्षी नगरपालिकामा २ महिलासहित ६ जना, गौरादह गाउँपालिकामा २ जना पुरुष, गौरीगञ्ज गाउँपालिकामा १ जना महिला, कमल गाउँपालिकामा ३ महिलासहित ७ जना र बाह्रदशी गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।

त्यस्तै आज मृत्यु हुनेमा १ महिला र २ जना पुरुष छन् । कनकाई–३ का ७३ वर्षीय पुरुष, मेचीनगर–४ का ४५ वर्षीय पुरुष र भद्रपुर–४ की ६० वर्षीया महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।

झापामा हालसम्म ३२ हजार ३४७ जनाको स्वाब संकलन गरिएको छ भने ३ हजार २७१ जना संक्रमित छन् । जिल्लामा हालसम्म ९४ जनाको मृत्यु भइसकेको छ । अलिेसम्म सकृय संक्रमित ९१७ र निको भएर घर फर्किएका २ हजार २६० जना रहेको चौलागाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: