मेचीनगर, २५ कार्तिक । झापामा आज थपिएका ७५ जना संक्रमित मध्ये ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका १३ वटा पालिकामा ५२ महिला र २३ जना पुरुषसहित ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा ४ जनाको मृत्यु भएको हो ।
दकम नगरपालिकामा १५ महिलासहित २२ जना, बिर्तामोड नगरपालिकामा ८ महिलासहित १४ जना, गौरादह नगरपालिकामा ३ जना महिला, मेचीनगर नगरपालिकामा २ जना महिला, भद्रपुर नगरपालिकामा ९ महिलासहित १० जना, कनकाई नगरपालिकामा २ जना महिला संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
यसैगरी अर्जुनधारा नगरपालिकामा २ जना महिला, बुद्वशान्ति गाउँपालिकामा १ जना पुरुष, गौरीगञ्ज गाउँपालिकामा ३ महिलासहित ५ जना, कमल गाउँपालिकामा ३ महिलासहित ७ जना, शिवसताक्षी नगरपालिकामा २ महिलासहित ४ जना, बाह्रदशी गाउँपालिकामा १ जना महिला र हल्दीबारी गाउँपालिकामा २ जना महिलालाई संक्रमण भएको उनले बताए ।
संक्रमित सबै जना स्थानीय हुन् । भद्रपुरका १ जना भारतीय र १ जना पालिका नखुलेको कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा १ जना महिलासहित ४ जना छन् । कचनकवल–६ का ६८ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । हल्दीबारी–४ का ७० वर्षीय पुरुषको नोवेल अस्पताल विराटनगर, गौरादह–५ का २६ वर्षीय पुरुषको पनि नोवेल अस्पतालमा र मेचीनगर–२ का ८६ वर्षीय पुरुषको पनि नोवेल अस्पताल विराटनगरमा कोरोना भाइरसका कारण मृत्यु भएको चौलागाईले बताए ।
झापामा हालसम्म २ हजार ७२४ जना संक्रमित छन् । जिल्लामा हालसम्म ७० जनाको मृत्यु भइसकेको छ ।