मेचीनगर, ६ मंसिर । झापामा आज ५४ जना संक्रमित थपिएका छन् । केहिदिन अघि संक्रमित भएकामध्ये १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका ८ वटा पालिकामा २८ महिला र २६ जना पुरुषसहित ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मेचीनगर नगरपालिकामा १ महिलासहित ४ जना, बिर्तामोड नगरपालिकामा ५ महिलासहित १० जना, भद्रपुर नगरपालिकामा ७ महिलासहित ११ जना, अर्जुनधारा नगरपालिकामा ३ महिलासहित ५ जना, कनकाई नगरपालिकामा ९ महिलासहित १४ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
यसैगरी, झापा गाउँपालिकामा १ जना पुरुष, बुद्वशान्ति गाउँपालिकामा १ जना पुरुष, शिवसताक्षी नगरपालिकामा १ महिलासहित २ जना र पालिका नखुलेको १ महिलासहित ५ जना संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।
त्यस्तै आज मृत्यु हुनेमा १ जना पुरुष छन् । कनकाई–५ का ६६ वर्षीय पुरुषको होम आइसोलेसनमा कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।
झापामा हालसम्म ३२ हजार २६१ जनाको स्वाब संकलन गरिएको छ भने ३ हजार २२२ जना संक्रमित छन् । जिल्लामा हालसम्म ९१ जनाको मृत्यु भइसकेको छ । अलिेसम्म सकृय संक्रमित ९९२ र निको भएर घर फर्किएका २ हजार २२३ जना रहेको चौलागाईले जानकारी दिए ।