झापामा आज ५ जनामा कोरोना संक्रमण

  प्रकाशित मिति
५ पुष २०७७, आईतवार १७:१६


मेचीनगर, ५ पुस । झापामा आज ५ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आइतवार जिल्लाका ३ वटा पालिकामा १ महिला र ४ जना पुरुषसहित ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

दमक नगरपालिकामा २ जना पुरुष, शिवसताक्षी नगरपालिकामा १ जना महिला र मेचीनगर नगरपालिकामा १ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

झापामा हालसम्म ३४ हजार ८६७ स्वाब संकलन गरिएका मध्ये ४ हजार ४२९ जना संक्रमित छन् । जिल्लामा हालसम्म १२८ जनाको मृत्यु भइसकेको छ ।

आइसोलेसनमा रहेका सकृय संक्रमित ३६४ र होम आइसोलेसनमा ३५६ र हालसम्म निको भएर घर फर्किएका ३ हजार ९३७ जना रहेको चौलागाईले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: