झापामा आज ८ जना संक्रमित थपिए

  प्रकाशित मिति
१० पुष २०७७, शुक्रबार १७:३५


मेचीनगर, १० पुस । झापामा आज ८ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार शुक्रबार जिल्लाका ५ वटा पालिकामा ३ महिला र ५ जना पुरुषसहित ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

दमक नगरपालिकामा २ जना महिला, बिर्तामोड नगरपालिकामा १ महिलासहित ३ जना, मेचीनगर नगरपालिकामा १ जना पुरुष, कनकाई नगरपालिकामा १ जना पुरुष र बाह्रदशी गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

झापामा हालसम्म ३५ हजार १८६ जनाको स्वाब संकलन गरेको मध्ये ४ हजार ४७९ जना संक्रमित छन् । जिल्लामा हालसम्म १३१ जनाको मृत्यु भइसकेको छ भने निको भएर घर फर्किने ४ हजार १३८ जना रहेको चौलागाईले बताए ।

अहिलेसम्म आइसोलेसनमा रहेका सकृय संक्रमित २१० र होम आइसोलेसनमा २०३ जना रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: