झापामा आधा दर्जन वडामा एमाले विजयी

  प्रकाशित मिति
१६ असार २०७४, शुक्रबार १९:१८


झापा । झापामा स्थानीय तहको प्रारम्भिक नजिता अनुसार आधा दर्जन वडाध्यक्षमा नेकपा एमालेले विजय हासिल गरेको छ ।

नेकपा एमालेले विर्तामोड नगरपालिकाको वडा नम्बर, १ अर्जुनधाराको वडा नं. १, विर्तामोड नगरपालिकाको वडा नं. १, कनकाई नगरपालिकाको वडा नं. १, हल्दिबारी गाउँपालिकाको वडा नं. १, गौरादह वडा नं. १ र भद्रपुर वडा नंं . १, गौरादह नगरपालिका वडा नं. १  मा प्यानलसहित वडाध्यक्षमा विजयी भएको हो ।

विजयी हुनेहरुमा क्रमशः अग्नी पाण्डे, गजाधर खतिवडा, रोशनराज पोखरेल, त्रिचोलन सापकोटा, नगेन्द्र भण्डारी र दशरथ प्रधान रहेका छन् ।

त्यसैगरी, राप्रपाबाट दमक नगरपालिका १ तारा अधिकारी र कचनकवल गाउँपालिका वडा नं. १ मा लक्ष्मी यादव विजयी भएका छन् ।

त्यसैगरी, नेकपा माओवादीबाट भने बुद्धशान्ति गाउँपालिकाको वडा नं. ७ मा मातृका पौडेल विजयी भएका छन् ।

नगरपालिकाहरुमा विर्तामोड, भद्रपुर, दमक, शिवसताक्षी, कनकाई, अर्जुनधारा , गाउँपालिकामा हरुमा बुद्धशान्ति, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा नेकपा एमाले मुख्य पदमा अग्रता देखाएको छ ।

त्यसैैगरी, मेचीनगर र गौरादह नगरपालिकामा भने नेपाली कांग्रेसको अग्रता रहेको छ भने हल्दिबारीमा राप्रपाले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: