झापामा औलो रोगी घटे

  प्रकाशित मिति
१२ बैशाख २०७५, बुधबार १८:०८


भद्रपुर । भmापामा पछिल्लो समय औलोको सङ्व्रmमण घटेको छ ।

तीन वर्षअघि जिल्लामा ४२ जना औलोको रोगी रहेका थिए । तर, सो सङ्ख्या घटेर अघिल्लो आर्थिक वर्षमा २२ जनामा झरेको छ । यसै आर्थिक वर्षको वैशाखसम्ममा सो सङ्ख्या अझ घटेर ४ जनामात्र औलोको बिमारी रहेको पाइएको छ ।

११ औँ औलो दिवसको अवसर पारेर जिल्ला जनस्वास्थ्य कार्यालय झापाद्वारा भद्रपुरमा बुधबार आयोजित अन्तरव्रिmया कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरियो ।
२०२६ सम्ममा नेपाललाई औलोमुक्त बनाउने सरकारको योजनाअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय निरन्तर लागि रहेको औलो रोग नियन्त्रण शाखाका भेक्टर कन्ट्रोलर जीवन चौलागाईंले जानकारी दिए ।

उनले जिल्लाका बाहुनडाँगी, काँकरभिट्टा, पृथ्वीनगर र जलथल क्षेत्रका केही ठाउँहरुमा औलो सङ्क्रमित बिमारी पाइएको बताए । रोगको निदान गर्नको लागि जनस्वास्थ्य कार्यालयले किटनाशक औषधि छर्ने कामहरु गरिरहेको उनले जानकारी दिए ।

जनस्वास्थ्य अधिकृत मधुसुदन कोइरालाले औलो प्रभावित क्षेत्रका गर्भवती महिलालाई कार्यालयले यसै आर्थिक वर्षभित्रमा ७ सय किटनाशक झुल वितरण गरिसकेको बताए । उनले औलोको सङ्क्रमण नियन्त्रणका लागि आफूहरुसँग पर्याप्त बजेट नभएको बताए ।

उनले खुला सिमानाका कारण भारतका विभिन्न क्षेत्रबाट आउने बिमारीका कारण पनि सङ्व्रmमण फैलिएको बताउँदै औलो उन्मूलन गर्न अझै केही समय लाग्ने समेत बताए ।
झापाका प्रभावित स्थानीय तहका वडाहरुमा क्रमशः ९० देखि ७० प्रतिसतसम्मले कमी ल्याउँदै जाने योजना रहेको जनस्वास्थ्यका भेक्टर कन्ट्रोलर वेदप्रकाश घिमिरेले बताए । स्थानीय तहमा आयतित औलोको बिमारीको सङ्ख्यामा ४९२ रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: