झापामा कांग्रेसको शानदार शक्ति प्रदर्शन, र्याली र सभामा उर्लियो मानवसागर

  प्रकाशित मिति
२९ मंसिर २०७७, सोमबार १७:०३


फोटो : दिपीन राई

विर्तामोड, २९ मंसिर । नेपाली कांग्रेसले आज झापामा शानदार शक्ति प्रदर्शन गरेको छ ।

सरकारले गलत कार्यहरु गर्दै आएको भनेर देशब्यापी प्रदर्शनमा उत्रिएको प्रमुख विपक्षी दल कांग्रेस झापामा पूर्व घोषणा बमोजिम नै र्यालीमा १५ हजार मोटरसाइकल उतार्न सफल भएको छ ।

कांग्रेसको आजको र्याली र विरोध सभामा मानवसागर नै उर्लिएको छ ।

सुरुंगाबाट विर्तामोडसम्म र्याली

विहान १२ बजेको पूर्व निर्धारित समयभन्दा केही ढिलोगरी सुरुंगाबाट कांग्रेसले निकालेको मोटरसाइलक र्याली विर्तामोड आइपुग्दा पुरै राजमार्ग भरिभराउ भएको थियो ।

राजमार्गमा अरु यातायातका साधन चलेनन् । प्रहरीले उताको उतै र यताको यतै गाडीहरुलाई रोकेको थियो ।

गाउँ गाउँबाट ओइरिएका मोटरसाइकल र्याली शानदार रुपमा विर्तामोड आएको थियो । र्यालीमा पार्टीको चारतारे र देशको झण्डा फहराइएको थियो ।

सहभागीले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । र्याली अनुशासित थियो । वत्र्तमान कम्युनिस्ट सरकार गठन भए यता कांग्रेसले आयोजना गरेको यो सबैभन्दा वृहत प्रदर्शन हो ।

सुगम पेट्रोल पम्प छेउमा सभा

र्याली विर्तामोड आइपुगेपछि सुगम पेट्रोल पम्प छेउको खाली जग्गामा विरोध सभा गरिएको थियो ।

सभामा सहभागीको संख्या पनि शानदार नै थियो । खाली चौरमा नअटेर सहभागीहरु राजमार्गको किनार र बीएन्डसी छेउसम्मै लामबद्ध थिए ।

मानव सागर उर्लिएकोमा कांग्रेसजन खुशी बनेका छन् । प्रधानमन्त्री केपी ओलीको गृह जिल्लामा शक्ति देखाउँदा त्यसको प्रभाव देशभरि पुग्ने उनीहरुको बुझाई छ ।

सभास्थलको पश्चिम कुनामा पूर्व फर्काएर मञ्च बनाइएको थियो । साधारण स्वरुपको मञ्चमा केन्द्रीय सहमहामन्त्री डा. प्रकाशरण महत प्रमुख अतिथि थिए ।

पार्टीका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य केशवकुमार बुढाथोकी लगायतका नेताहरु सभामा थिए ।

पार्टीका जिल्ला सभापति उद्धव थापाको अध्यक्षतामा सभा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: