झापामा कोरोनाकालमा कृषि क्षेत्रमा लाग्नेको संख्यामा बृद्धि

  प्रकाशित मिति
४ पुष २०७७, शनिबार ११:४१


२०७६ चैत यता कोभिड १९ प्रभावको कारण सबैको जनजीवन कुनै न कुनै क्षेत्रबाट प्रभावित भएको छ । प्रभावित हुनेहरूमा बालबालिका, युवायुवती, वयस्क, महिला, पुरुष साथै वृद्धहरू सबै लिङ्गका रहेका छन् । समुदायमा यस्तो समस्या एक्कासी आइलाग्दा त्यसबाट आत्तिनु त मानवीय प्रवृत्ति नै हो । कोरोनाको महामारीले नेपालको सम्पूर्ण भु–भागमा कुनै न कुनै रुपमा असर पु¥याएको छ । यस्तो अवस्थामा हामी बसोबास गर्दै आएको झापा जिल्ला पनि कोरोनाको उच्च जोखिममा थियो र छ । करिब नौं महिनायता घरबाट बाहिर निस्कन्दा ढुक्क भएर निस्कन सकिने अवस्था छैन । बाटोमा, चोकमा वा जहाँकही जोकोही सँग भे्टदा कोरोना सर्छ कि भनेर डराउनु परेको छ । एकअर्कालाई कोरोनाको शंकाको दृष्टिकोणबाट हेर्नु परेको छ, मानवीय सम्बन्धमा समेत यसले नराम्ररी असर पारेको छ । एक अर्का बीच भौतिक दूरी कायम गर्दै अलग बस्नु परेको छ । अहिले पनि जोखिम घटेको छैन तर केही आशालाग्दा समाचारहरू भने अखबार तथा टेलिभिजनमा हेर्न पाइएको छ । भ्याक्सिन बनिसकेको छ केही राष्ट्रहरूले यसको प्रयोगको लागि स्वीकृति पनि प्रदान गरेको छ । यो मानव समुदायको लागि सुखद समाचार हो ।

यिनै सन्दर्भ माझ कोरोना भाइरसले किशोरी तथा महिलाहरूमा पारेको प्रभाव सम्बन्धी महिला जनचेतना केन्द्र, झापाको आर्थिक सहयोगमा गत अगस्ट—सेप्टेम्बरमा झापा जिल्लाको तीनवटा स्थानीय तह (मेची नगर नगरपालिका, बा¥हदशी गाउँपालिका तथा कचनकवल गाउँपालिका) मा एक सर्वेक्षण गरेका थियौं । तीनै स्थानीयतहको जम्मा १८७ महिला तथा किशोरी उत्तर दाताहरूमाझ गरिएको स्थलगत सर्वेक्षण अध्ययन । यो अध्ययनबाट आएको नतिजा तथा निष्कर्ष आमजनसमुदायको लागि लाभदायी हुन्छ भन्ने हेतुले संक्षिप्त रुपमा यस पत्रिकामार्फत पहिलोपटक प्रकाशनमा ल्याइएको छ ।

जम्मा १८७ जना उत्तरदाताहरू मध्ये मेचीनगर नगरापालिकाबाट ४५ जना, बा¥हदशी गाउँपालिकाबाट ७४ जना र कचनकवल गाउँपालिकाबाट ६८ जना रहेका छन् । हामीले पहिलो प्रश्नको रुपमा कोभिड अघि र कोभिड पछि तपाईहरू कहाँ बस्नुहँुदैछ भनेर सोधेका थियांै जसको जवाफमा ९९ प्रतिशत उत्तरदाताहरू आफ्नै घरमार बाँकी १ प्रतिशत उत्तरदाताहरूको परिवार भाडामा बसेको पाइएको छ । यसलाई हेरेर भन्न सकिन्छ कोरोनाकै कारण कुनै परिवार घरबार विहीनहुन परेको छैन ।

त्यस्तै पेशाको हिसाबले कोराना अघि र कोरानापछि कुन पेशामा आवद्ध हुनुहुन्छ भनेर प्रश्नगर्दा त्यसको उत्तर यस्तो प्राप्त भएको छ कोरोना अघि १३१ जना कृषि पेशा गरिरहेको थिए पनि कोरोनाको दौरान यो संख्यामा केही वृद्धि भएर १४६ जना पुग्न गएको छ । त्यस्तै कोरोना अघि रोजगारी गर्नेको संख्या २६ रहेकोमा कोरोनाको दौरान यो संख्या घटेको देखिन्छ १६ जनामा आएको छ । यसलाई हेरेर यो निष्कर्षम पुग्न सकिन्छ कोरोनाकालमा कृिष क्षेत्रमा लाग्नेहरूको संख्यमा बृद्धि भएको छ ।

यसै दौरान उत्तरदाताहरूको मासिक आम्दानीको बारेमा पनि अधिकांश उत्तरदाताहरूको मासिक आम्दानीमा गिरावट आएको पाइएको छ । अझ २० हजार भन्दा बढी आय गर्नेको संख्यामा धेरै मात्रामा गिरावट आएको छ । ४० जनाभन्दा बढीमा यो समस्या देखिएको छ । बालबालिका, किशोरी तथा महिलाहरूलाई लक्षित गरेर हामीले केही प्रश्नहरू गरेका थियौं । सबैभन्दा गम्भीर रुपमा बालबालिका तथा किशोरीहरू आफ्ना पढाईबाट बञ्चित हुन पुगेका छन् । उनीहरूको पढ्ने क्रममा अवरोध पुगेको छ । विद्यालयहरू बन्द छन्, जसको कारण पढ्नबाट उनीहरू वञ्चित भएका छन् । दैनिक हाटबजार गर्न साथीहरुसँग भेटघाट गर्नमा समस्या देखिएको छ । एउटै कोठामा एकै ठाउँ धेरै समय बसीरहँदा मानसिक समस्याहरू पनि बढेको देखिन्छ । कोरोना भाइरस लागेमा हस्पिटलले पनि लिदैन अर्थात् उपचार गर्दैन भन्ने साेंच उनीहरुमा बारम्बार आएको देखिन्छ । त्यस्तै केही समाचारहरूमा अस्पतालहरूले यति लाख धरौटी लिएको भन्ने समाचारको कारण पनि कथमकदाति लागिहाले त्यति धेरै रकम आफूसँग नभएको गुनासो पोखेका छन् ।

कोरोनाले अर्को मुख्य समस्याको रुपमा बेरोजगारी समस्या पैदा गरेको देखिन्छ । यातायातका साधनहरूमा आश्रित भएर काम गर्ने यातायात मजदुर, विभिन्नि कलकारखानामा काम गर्ने मजदुरहरू, होटल रेष्टुरेन्टमा काम गर्ने कामदार तथा मजदुरहरु, सिनेमा हल, तथा कमप्लेसहरूमा काम गर्ने श्रमिक तथा मजदुरहरू, निजी विद्यालयमा काम गर्ने शिक्षकलगायत अधिकांश निजी क्षेत्रमा काम गर्ने मानिसहरूको रोजगारिता कोरोनाको कारण गुमेको छ । रोजगारी यथावत रहेकाहरूको पनि लामो समयबाट उनीहरूले पाउनुपर्ने सुविधाहरूको भुक्तानी भएको छैन । भुक्तानी हुने नहुने कुनै निश्चित निर्णय अहिलेसम्म कतैबाट भएको देखिदैन । सरकार पनि यस विषयमा उदास नै देखिन्छ । यस्तो महामारीको बेलामा झन् संरक्षण गरेर आफ्ना कामदार तथा कर्मचारीलाई सुरक्षित गर्नुको सट्टा उनीहरुलाई कामबाट निकालेर रोजगारदाता कम्पनीहरूले मानवीय मूल्यमान्यता निर्वाह गर्नुबाट पूर्ण रुपमा चुकेको छ । यसबाट प्रष्ट रुपमा यो भन्न सकिन्छ हाम्रा बजारहरूमा सरकारी हस्तक्षेप आवश्यक छ बजारलाई पूर्णतया स्वतन्त्र छाडिदिँदा उसले आफ्नो नागरिकको सुरक्षमा संवेदनशील भएको पाइएन । यो सर्वेक्षणले पनि यस कुरालाई प्राथमिकताको साथ सिफारिस गर्दछ ।

कोभिड महामारीको अवस्थामा यो झन् छर्लङ्ग भएको छ कुनै व्यक्ति वा कुनै एक कम्पनीमा पूर्ण रुपमा निर्भर रहँदा कामदार जहिले पनि असुरक्षित रहन्छ । समस्या परेको बेला त्यस्ता कम्पनीहरुले साथ छाडेको कारण अतिरिक्त मूल्यको सिद्धान्तलाई पूर्ण कार्यन्वयन लानू पर्ने देखिन्छ । कम्पनीले कामदारहरुलाई नाफाका लागि मात्र प्रयोग गर्दोरहेछ । कामदारको हितमा कुनै पनि कार्य निर्वाह गर्दैन । कोभिड जस्ता महामारीको कारण कामदार तथा श्रमिकहरूले कति सजिलै आफ्नो रोजगारी गुमाउन बाध्य भएका छन् । बालबालिकाहरु आफ्नो सिकाईबाट बञ्चीत हुनु परेको साथै घरमा महिलाहरु थप हिंसामा परेको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: