झापामा कोरोना संक्रमितको संख्या २७ पुग्यो

  प्रकाशित मिति
८ जेष्ठ २०७७, बिहीबार ०९:२०


भद्रपुर, ८ जेठ । झापामा कोराना भाइरसको संक्रमण देखिएका व्यक्तिको संख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आज विहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल गाउँपालिका वडा नम्बर ३, ६ र ७ का १५ जना थपिएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा १८ देखि ४६ बर्षका पुरुषहरुमा संक्रमण पुष्टि भएको जनाइएको छ । योसँगै कचनकवल गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ ।

भारतका विभिन्न स्थानबाट मंगलबार आएका उनीहरुलाई केचनाकै सीमा क्षेत्रबाट उद्धार गरी पालिकाले तयार गरेको क्वारेनटाइन राखिएको थियो । क्वारेन्टाइनमा बसेका ६५ जनाको स्वाब सङ्कलनका मंगलवार नै कोसी अस्पताल विराटनगर पठाइएको थियो ।
थप १५ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको आज विहान विज्ञप्ति जारी गरी मन्त्रालय जनाएको छ ।

यस अघि सो पालिकामै भारतको मुम्बईबाट आएका १० युवामा कोरोना पुष्टि भएको थियो । पालिकामा संक्रमित भेटिएसँगै जेठ ११ गतेसम्म सिल गरिएको छ । भारतबाट आउने नेपाली नागरिकलाई सुरक्षित रूपमा क्वारेनटाइनमा राख्ने काम भइरहेको जनाइएको छ । यसअघि दमक र बाह्रदशीमा दुई जनामा कोरोना पुष्टि भएको छ । उनीहरु उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

झापाको काँकडभिट्टा, कचनकबल, टाघनडुब्बा र गौरीगञ्जबाट सयौंको संख्यामा भित्रिरहेका नेपालीहरुका कारण समेत झापा प्रदेशको ‘डेन्जर जोन’मा परेको हो ।

विर्तामोड नगरपालिकाले कोरोना भाइसकको संक्रमण फैलिन नदिन आज राति १२ बजेदेखि नगर सबै नाका सील गर्ने भएको छ । ––

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: