मेचीनगर । शुक्रबार थपिएका १२ सहित झापामा कोरोना भाइरस संक्रमितको संख्या १३६ पुगेको छ ।
प्रदेश एकको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताका अनुसार थप ३९ जना कोरोना संक्रमित मध्य झापामा १२ जना थपिएका छन् ।
संक्रमण पुष्टि हुनेमा झापाको कचनकवलका १० जना, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका १÷१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जिल्लामा कोरोना संक्रमितको संख्या १३६ पुगेको बताए ।
उनका अनुसार शुक्रबार थपिएका १२ सहित कचनकवल गाउँपालिका ११२, भद्रपुर नगरपालिकाका ४, दमक नगरपालिकाका १, गौरादह नगरपालिकाका ३, बुद्वशान्ति गाउँपालिकाका ५, कमल गाउँपालिकाका १, गौरीगञ्ज गाउँपालिकका ५, बाह्रदशी गाउँपालिकाका ४ र झापा गाउँपालिकाका १ जना कोरोना संक्रमित रहेका छन् ।
संक्रमित मध्य हालसम्म २४ जना व्यक्ति विराटनगर स्थित कोभिड अस्पतालबाट निको भएर घर फर्किसकेको फोकल पर्सन चौलागाईले जानकारी दिए ।
अब झापाका ३०० जना भन्दाबढीको पीसीआर रिपोर्ट आउन बाँकी रहेको उनको भनाई छ ।