झापामा खोप स्थगित

  प्रकाशित मिति
१५ माघ २०७२, शुक्रबार ०४:१४


भद्रपुर । झापाको शान्तिनगरमा खोप लगाएका एक शिशुको एक साता अघि अत्यधिक रक्तस्राव भएर मृत्यु भएपछि जिल्लाभर खोप लगाउने कार्यव्रmम स्थगित गरिएको छ ।

शान्तिनगर–१ बर्नेका दलबहादुर राईका २ महिनाका छोरा सुलभ राईको बीसीजी र डीपीटी खोप लगाएको तीन दिनपछि मृत्यु भएको थियो ।
सो घटनापछि माघ ६ गते जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका सबै खोप तथा स्वास्थ्य केन्द्रलाई अर्को निर्देशन नआउञ्जेलसम्म खोप लगाउने कार्य रोक्न निर्देशन दिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहताले शिशुको मृत्युको कारण यकिन नभएसम्मका लागि जिल्लाभर खोप कार्यव्रmम स्थगित गरिएको बताए ।

गत माघ ५ गते शान्तिनगरस्थित पिपलचोकमा सञ्चालित खोप केन्द्रमा नियमित खोप अन्तर्गत बीसीजी र डीपीटी खोप लगाएका सुलभलाई तत्कालै अत्याधिक रक्तस्राव भएको थियो ।

रक्तस्राव पछि सुरुमा उपचारका लागि मेची अञ्चल अस्पताल लगिएको र त्यहाँबाट रेफर गरिएपछि विराटनगर पुर्याइएको थियो । उपचारकै व्रmममा माघ ८ गते विराटनगरमा शिशुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ । शान्तिनगर स्वास्थ्य चौकीबाट खटिएका कर्मचारी महेन्द्र श्रेष्ठले शिशुलाई खोपको सुई लगाएका थिए ।

शिशुको मृत्यु खोपमा समस्या भएर हो या प्राविधिक लापर्वाहीले भन्ने सत्य तथ्य पत्ता लगाउन छानविन सुरु भएको जनस्वास्थ्य प्रमुख मेहताले बताएका छन् ।

छानविन कार्य विश्व स्वास्थ्य सङ्गठनको दमकस्थित कार्यालयका डा. पासाङ राई र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. निशा राई लगायतको विज्ञ अनसन्धान टोलीले गरिरहेको उनले जानकारी दिए ।

विज्ञ टोलीले शान्तिनगरस्थित खोप केन्द्रको स्थलगत अध्ययन गरी खोप सामग्रीको नमुना जाँचका लागि लिएर गएको छ ।

‘विज्ञ टोलीले छानविनको निष्कर्ष नआएसम्म खोप लगाउने काम रोक्न निर्देशन दिएपछि हामीले जिल्लाभर खोप कार्य स्थगित गरेका हौँ’–जनस्वास्थ्य प्रमुख मेहता बताउँछन् । उनले छानविनको रिपोर्ट आउन एक साता लाग्न सक्ने बताए ।

झापामा २ सय ५७ वटा खोप केन्द्र सञ्चालित छन् । जिल्लाभर बार्षिक १८ हजार बालवालिकालाई खोप लगाइने गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

शिशुको मृत्युपछि उत्पन्न तनाव साम्य पार्न आइतवार शान्तिनगर गाविसका सचिव सुदर्शन बरालको अध्यक्षतामा सर्वपक्षीय बैठक गरिएको थियो । बैठकले मृतकका परिवारलाई १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति वापत रकम दिने सहमति गरेको छ ।
मृतकका परिवारले घटनामा स्वास्थ्यकर्मी र खोपको लापर्वाही भएको आरोप लगाउँदै आपत्ति जनाएपछि सर्वदलीय बैठकले विज्ञहरूको छानविन पर्खिने सहमति जनाएको बुझिएको छ ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले विज्ञहरूको अनुसन्धान टोलीले रिपोर्ट दिएपछि मात्र शिशुको मृत्यु खोपले हो कि होइन भन्ने सत्य तथ्य पत्ता लाग्ने जनाउँदै सबैलाई धैर्यधारण गर्न आग्रह गरेका छन् ।

खोपका कारण मृत्यु भएको प्रचार भइसकेकाले अनुसन्धान रिपोर्टले तथ्य वाहिर नल्याएसम्म जिल्लाका सबै खोप केन्द्र र स्वास्थ्य निकायमा खोप हान्ने कार्यव्रmम हाललाई रोकेको प्रजिअ भुजेलले बताए ।

मङ्गलवार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृतकको पोस्टमार्टम जाँच गरिएको गरिएको छ । सर्वदलीय सहमति बमोजिम मृतकका परिवारले हालसम्म क्षतिपूर्ति रकम पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: