मचीनगर । आइतबार झापामा थप १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या १७५ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
गौरीगञ्ज गाउँपालिका–५ खजुरगाँछी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका २१ वर्षीय एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
उनी १५ दिनअघि भारतबाट आएका थिए ।
प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनको कोरोना पोजेटिभ देखिएको थियो । झापामा कोरोना संक्रमितको संख्या २ महिलासहित १७५ जना पुगेको छ ।